सल्यानमा शिक्षा क्षेत्रको भौतिक सुधारका लागी रु. ९ करोड खर्च गरिदैँ

बुद्धि पुन,
सल्यान ७, माघ ।
सल्यानमा शिक्षा क्षेत्रको भौतिक सुधारका लागी करिब ९ करोड रुपैँया खर्च गर्न लागिएको छ । चालु आर्थिक बर्ष २०७६।०७७ मा जिल्लामा शिक्षा क्षेत्रको सुधारका लागी कर्णाली प्रदेश सरकारले रु. ९ करोड ४० लाख खर्च गरेर भौतिक संरचना निर्माण गर्न लागेको सामाजिक बिकास कार्यालय सल्यानले जनाएको छ । जस अन्र्तगत जिल्लामा २८ वटा योजना समाबेश भएका छन् ।

आबश्यक कर्मचारी अभावका बाबजुत पनि भौतिक संरचना निर्माणको काम शुरु गरिएको कार्यालय प्रमुख भिम प्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँले सिमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै सामाजिक बिकास कार्यालय मार्फत भौतिक संरचना निर्माणका लागी बिनियोजित बजेटको काम शुरु गरिएको बताउनुभयो ।

उहाँका अनुसार बिद्यालय खेल मैदान तथा महिला अपांगमैत्री शौचालय निर्माण तर्फ बन्गाड कुपिण्डे र बागचौरमा योजना सञ्चालन भैरहेका छन् । यस्तै सामुदायिक क्याम्पसको पूर्वाधार तर्फ शारदा क्याम्पस शंखमुल, शिवजन क्याम्पस शितलपाटी र फारुला क्याम्पस दार्मा, बिशेष शिक्षा सञ्चालित बिद्यालयको भौतिक सुधारको लागी शिवजन माद्यामिक बिद्यालय शितलपाटी, मदरसा भवन निर्माण तर्फ छत्रेश्वरीको जिताठानमा योजना सञ्चालन भैरहेका छन् ।


यस्तै नमुना सामुदायिक बिद्यालयको पूर्वाधार निर्माण तर्फ ६ कोठे बिद्यालय भवन निर्माणका लागी झिंगाने माद्यामिक बिद्यालय कालीमाटी, भानुभक्त माद्यामिक बिद्यालय दमाचौर, महेन्द्र रत्न माद्यामिक बिद्यालय पिपलनेटा, प्रतिभा माद्यामिक बिद्यालय जयतपानी, मुक्ति माद्यामिक बिद्यालय बामे, बाल कल्याण माद्यामिक बिद्यालय टाट्के, महेन्द्र आदर्श माद्यामिक बिद्यालय बाँझकाँडा, राष्ट्रिय माद्यामिक बिद्यालय दार्माकोट, सरस्वती माद्यामिक बिद्यालय कुमाख र नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय कपुरकोट रहेका छन् ।

यस्तै नमुना बालबिकासहरुको पूर्वाधार बिकास भवन निर्माण तर्फ महेन्द्र माद्यामिक बिद्यालय लेखपोखरा र राधा निम्न माद्यामिक बिद्यालय बन्गाड कुपिण्डे, शैक्षिक संस्थाहरुको भवन निर्माण तर्फ शिशु जागरण माद्यामिक बिद्यालय कोटमौला, बालबोध आधारभूत बिद्यालय कोटबारा, त्रिभुवन जन माद्यामिक बिद्यालय शंखपिपल, शान्ति सुन्दर माद्यामिक बिद्यालय सिद्धकुमाख, सुर्यप्रकाश आधारभूत बिद्यालय कुईयापानी र बिरेन्द्र आधारभूत बिद्यालय कोटमौला रहेका छन् ।

यस्तै बहुप्राबिधिक बिद्यालयको पूर्वाधार निर्माण तर्फ त्रिभुवन जन माद्यामिक बिद्यालय लुहापिङ्ग रहेको छ । यस्तै डिपिआर सम्पन्न भएको लुहापिङ्ग स्थित कभर्ड हल तथा खेल मैदान निर्माणका लागी रु.३० लाखरुपैँया विनियोजन भएको छ । योजना सञ्चालित ठाँउहरुमा जाने, अनुगमण निरिक्षण गर्ने जस्ता कामहरु गरिरहेको कार्यालयका सव ईन्जिनियर भरत पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस