सल्यान ८, माघ ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सल्यानलाई शैक्षिक हवका रुपमा बिकास गरिने बताउनुभएको छ । बिगतमा सल्यानका बिद्यार्थीहरु प्राबिधिक तथा उच्च शिक्षा अध्ययनका लागी बाहिरी जिल्लामा जानुपर्ने बाध्यता रहेको बताउदैँ उहाँले अबका दिनमा बिद्यार्थीको रुचिको बिषय सल्यानमा नै पढ्न पाउने खालको बाताबरण सिर्जना गर्ने बतानुभयो । यसका लागी प्रदेश सरकारले निरन्तर काम गरिरहेको उहाँले बताउनुभयो ।
जिल्लाको त्रिबेणी गाउपालिकाको सिम्क स्थित सरस्वती माद्यामिक बिद्यालयमा निर्माण गरिएको ६ कोठे बिद्यालय भवनको मंगलबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘सल्यानमा प्राबिधिक धारको पढाई शुरु भएको छ, बिभिन्न बिद्यालय तथा प्राबिधिक शिक्षालयले ईन्जिनियरिङ्ग, कृषि, पशु, बालीबिज्ञान लगाएतका प्राबिधिक तर्फको पढाई सञ्चालन गरेका छन्’ उहाँले भन्नुभयो ‘शिक्षा क्षेत्रमा प्रदेश सरकारले लगानी गर्दै आएको छ ।’
मन्त्री ज्वालाले योग्यता बढाउनका लागी मात्रै नभई बिक्ने र टिक्ने खालको शैक्षिक जनशक्ति आबश्यक रहेकोमा जोड दिनुभयो । ‘सल्यानमा सञ्चालित शिक्षण संस्थाहरुले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्छ, पढ्नका लागी बिद्यार्थी नपाउने हुदैँन्, राम्रो शिक्षा हासिल गर्न सकिने भएपछि छिमेकी जिल्लाका बिद्यार्थीहरु समेत अध्ययनका लागी सल्यानमा आउछँन्’ उहाँले थप्नुभयो । शिक्षा क्षेत्र प्रदेश सरकारको प्राथामिकतामा रहेको उहाँको कथन छ ।
उहाँले शैक्षिक सुधारको लागी सामाजिक बिकास कार्यालय मार्फत जिल्लामा करिब ९ करोड रुपैँया प्रदेश सरकारले लगानी गर्न लागेको जानकारी दिनुभयो । उहाँले यसै बर्ष देखी प्राबिधिक शिक्षा प्रदान गर्दै आएको त्रिभुवन जन माद्यामिक बिद्यालय लुहापिङ्गलाई बहुप्राबिधिक बिद्यालयको रुपमा बिकास गर्न लागिएको बताउनुभयो । शैक्षिक क्षेत्रमा गरेको लगानी खेर नजाने भन्दै शिक्षक, बिद्यार्थी र अभिभावकका बिचको सम्बन्धले नै स्तरीय शिक्षा प्रदान गर्नमा सहयोग मिल्ने उहाँले बताउनुभयो ।
बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रेशम बहादुर बोहराको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा बोल्दै त्रिबेणी गाउपालिका अध्यक्ष मान बहादुर डाँगीले शैक्षिक क्षेत्रको सुधारको लागी प्रदेश सरकारसँग पनि सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो । यस्तै पूर्व जिबिस सभापति उदय बोहराले प्रबिधिको उच्च प्रयोग गर्दै आधुनिक र ब्यबसायिक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सरकार अन्र्तग सामाजिक बिकास मन्त्रालयको रु. ५० लाखमा बिद्यालय भवन निर्माण गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक मोहन वलीले गर्नुभएको थियो ।