गैरसरकारी संस्था महासंघ नेपाल, सल्यानको अध्यक्षमा दिपेन्द्र कुमार शाही

सल्यान ११, माघ ।
गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा सल्यानको अध्यक्षमा दिपेन्द्र कुमार शाही निर्वाचित हुनुभएको छ । गएराती सम्पन्न महासंघको छैटौँ जिल्ला अधिबेशन तथा १३ औँ साधारण सभाले शाहीको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कार्य समिती सर्वसम्वत रुपमा निर्वाचित गरेको हो ।


जसको उपाध्यक्षमा सन्तोष बिक, सचिबमा तप्त बहादुर सेजवाल, सहसचिवमा गुमानसिंह नेपाली र कोषाध्यक्षमा एलिना डिसी रहनुभएको छ । यस्तै सदस्यहरुमा बिजय शरण आचार्य, मानसिंह बिक, रमेश भण्डारी, शिवलाल डाँगी, जितेन्द्र बिक्रम डाँगी, केशरी श्रेष्ठ, आसा शाही, तुलसा कुमारी रावत, बम बहादुर केसी, नवराज वली, घनश्याम गिरी र एलिसा डिसी निर्वाचित हुनुभएको छ ।

निर्वाचित अध्यक्ष शाहीले गैरसरकारी संस्थाहरुको हितको लागी सबै क्षेत्र सँग सहकार्य गरेर अगाडी बढ्ने उद्घोष गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस