सल्यानमा सवारी कारवाहीबाट रु. २० लाख राजस्व संकलन

सल्यान ११, माघ ।
सल्यानमा ट्राफिक प्रहरीले २० लाख रुपैयाँ बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको साउन देखी पुस महिना सम्म नियम विपरित संचालन हुने सवारी साधनलाई कारवाही गर्दा २० लाख ७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यस अबधिमा २ हजार ४ सय ७ सवारी साधन कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरीका अनुसार साउन महिनामा ३ सय ६५ सवारी साधन कारवाहीबाट २ ला ३९ हजार ५ सय राजस्व संकलन भएको छ । यस्तै भदौँमा ४ सय १२ सवारी कारवाहीबाट २ लाख ९८ हजार, असोजमा ३ सय ७५ सवारी कारबाहीबाट २ लाख ६७ हजार, कार्तिकमा ४ सय २५ सवारी कारवाहीबाट ३ लाख ७८ हजार ५ सय, मंसिरमा ४ सय ६६ सवारी कारवाहीबाट ४ लाख ५५ हजार ५ सय र पुस महिनामा ३ सय ६४ सवारी कारवाहीबाट ३ लाख ६९ हजार राजस्व संकलन भएको छ ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख सन्दिप बिकले यस अबधिमा सबै भन्दा धेरै मोटरसाईकल र सबै भन्दा कम ट्याक्टर कारवाहीमा परेको बताउनुभयो । उहाँका अनुसार मोटरसाईकल ९ सय १९, जीप कार ४ सय ९६, बस ४ सय ६५, ट्रक ३ सय १६ र ट्याक्टर २ सय ११ वटा कारवाहीमा परेका छन् ।

हेल्मेट नलगाउने, अनावश्यक ठाउँमा पार्किङ गर्ने, क्षमताभन्दा धेरै यात्रु तथा सामान बोक्ने, सवारी चालक अनुमतिपत्र बिना सवारी साधन चलाउने सवारी चालक कारबाहीमा परेको उहाँको भनाइ छ । उहाँले सवारी चलाउँदा मापसे गर्नेलाई पनि कारवाहरी गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस