सल्यान जेसिसद्धारा नयाँ कार्य समितीहरुलाई पद हस्तान्तरण

सल्यान १२, माघ ।
जेसिस सल्यानमा नयाँ कार्य समितीहरुलाई पद हस्तान्तरण गरिएको छ । केहि दिन अघि श्रीनगरमा सम्पन्न साधारण सभाले सर्वसम्मत रुपमा जेसिज २०२० का लागि चयन भएका नयाँ कार्यसमितीहरुलाई शनिबार पद हस्तान्तरण गरिएको हो । सल्यान जेसिस २०२० को अध्यक्षमा घनश्याम अधिकारी, कार्यकारी उपाध्यक्षमा डम्बर केसी र सुरज वली, उपाध्यक्षमा मोहन डाँगी, हपिस भण्डारी, तारक बस्नेत र गंगाराम डिसी, महासचिवमा दिपेन्द्र डाँगी, सचिवमा गणेश विक र कोषाध्यक्षमा दिपक बोहोरा निर्वाचित हुनुभएको छ । सल्यान जेसिसमा ४६ जना सदस्य रहेका छन् ।


पद हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले जेसिस एउटा सामाजिक काम गर्ने युवाहरुको थलो भएको बताउदैँ नगरपालिकाले सक्दो सहयोग जेसिसलाई गर्ने बताउनुभयो । जेसिस १८ देखि ४० वर्षसम्मका युवाहरुको नेतृत्व क्षमता र व्यक्तित्व विकास गर्ने विश्वव्यापी संस्था हो । सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पर्यटन सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने सल्यान जेसिसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित