सल्यान १२, माघ ।
सल्यानका बजारहरु आज २ घन्टा बन्द हुने भएका छन । त्रिबेणी इन्टरप्राईजेजका संचालक सल्यान शारदा नगरपालिका वडा न २ निबासी नरेश श्रेष्ठको निधनको शोकमा बजार बन्द गर्न लागिएको हो । उहाँको शनिबार निधन भएको थियो । सल्यान उद्योग बाणिज्य संघ सल्यानको आह्वानमा बिहान ११ बजे देखि दिउँसो १ बजे सम्म बजार बन्द गर्न लागिएको हो ।
यस अबधिमा जिल्लाको खलंगा, श्रीनगर, कपुरकोट, सल्लिबजार, थारमारे लगाएतका सम्पुर्ण ठाउँमा सञ्चालित उद्योग तथा पसलहरु बन्द गर्न लागिएको हो ।
तस्वीर ः श्रेष्ठ
श्रेष्ठ सल्यान उद्योग बाणिज्य संघ सल्यानका सल्लाहकार हुनुहुन्थ्यो ।