सुर्खेतको सिम्ता गाउपालिकाको हिउँदे अधिबेशन शुरु

दुर्गा बिसी,
सल्यान १३, माघ ।
सुर्खेतको सिम्ता गाउँपालिकाको हिउँदे अधिबेशन शुरु भएको छ । आर्थिक वर्ष २०७६।०७७ सालको हिउँदे अधिवेशन आईतबार देखी शुरू भएको हो । हिउँदे अधिवेशन गाउपालिका अध्यक्ष कविन्द्र कुमार केसी र उपाध्यक्ष चन्द्रकला शाहीले सयुक्त रूपमा पानसमा बत्ती बालेर सभाको उद्घाटन गर्नुभएको थियो ।


अधिबेशनमा अहिलेसम्म ३४ प्रतिशत बजेट खर्च भएको समिक्षात्मक प्रगति प्रतिवेदनमा अध्यक्ष केसीले प्रस्तुत गर्नुभएको थियो । हिउँदे अधिवेशनको समापन सभा माघ २० गते सभा हुने छ । उपाध्यक्ष चन्द्रकला शाहीले स्वागत मन्तब्यबाट शुरु भएको सभाको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत जनक बहादुर हमालले गर्नु भएको थियो ।

सभामा नेकपा सिम्ता गाउँ कमिटीसचिव झुप बहादुर बुढा मगर र नेपाली कांग्रेस सिम्ता पार्टी प्रतिनिधि राजेन्द्र सिह ठकुरीले हिउँदे अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस