बुद्धि पुन,
सल्यान १३, माघ ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले खेलकुद क्षेत्र राजनिति जस्तै भएको बताउनुभएको छ । खेलकुदमा प्रथम, द्धितिय, तृतिय हुने गरेको बताउदैँ उहाँले राजनितिमा हार र जित मात्रै हुने गरेको बताउनुभएको हो । सल्यानको सिद्धकुमाख गाउपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको समापन गर्दै मन्त्री ज्वालाले यस्तो बताउनुभएको हो ।
खेलकुद क्षेत्रमा लागेका खेलाडीहरु एउटा लक्ष्य लिएर अगाडी बढ्नु पर्छ, खेल क्षेत्र र राजनिति क्षेत्र उस्तै उस्तै हुन्, खेलमा प्रथम, द्धितिय, तृतिय हुन्छ, तर राजनितिमा हार र जित मात्रै हुन्छ उहाँले भन्नुभयो । असफल भए भन्दैमा निरास हुनु नपर्ने बताउदैँ उहाँले असफलता नै सफलताको प्रतिक भएको बताउनुभयो ।
गाउपालिकाले आयोजना गरेको खेलकुद प्रतियोगिताको चर्चा गर्दै मन्त्री ज्वालाले खेलक्षेत्रमा थुप्रै लगानी गरिएको बताउनुभयो । खेलाडीबाट आफुहरुले धेरै अपेक्षा गरेको उहाँको भनाई छ । असफल भन्ने शब्द बिद्यार्थीहरुमा लागु नहुने बताउदैँ उहाँले भन्नुभयो हार हुदैँमा दुःख मान्नु पर्दैन, असफलताले नै मानिसलाई पूर्ण बनाउँछ ।
अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलाप सहभागिता बिद्यार्थीहरुमा हुनुपर्ने गुण भएको बताउदैँ उहाँले बिद्यार्थी जीवन बाटै भबिष्यका सयौँ ढोकाहरु खुल्ला हुने बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर सुधारको लागी प्रदेश सरकारले पनि बिभिन्न कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।
बिद्यालयमा स्वयम्सेवक शिक्षक खटाउँछौँ
मन्त्री ज्वालाले कर्णाली प्रदेश सरकारले सामुदायिक बिद्यालयहरुमा स्वयम्सेवक शिक्षक खटाउने तयारी गरिरहेको बताउनुभयो । शिक्षक दरबन्दी नभएका बिद्यालय र दरबन्दी कम भएका बिद्यालयहरुमा स्वयम्सेवक शिक्षक खटाउने तयारी भैरहेको छ, सामाजिक मन्त्रालयले करारमा कर्मचारी भर्ना गर्छ, यसले गर्दा बिद्यालयको पठनपाठनमा थप मद्धत मिल्छ उहाँले भन्नुभयो । बालबिबाह रोक्नको लागी प्रदेश सरकारले छोरी सुरक्षा कार्यक्रम सञ्चालन गरेको पनि बताउनुभयो ।
कार्यक्रममा गाउपालिका अध्यक्ष चित्र बहादुर चलाउने, उपाध्यक्ष पुष्पा कुमारी बोहरा, प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी रेग्मी, वडाअध्यक्ष लगाएतकाले बोल्नु भएको थियो ।
शिल्ड जित्यो निराजनले
प्रतियोगितामा १० स्वर्ण, २ रजत र ४ कास्य जित्दै निराजन माद्यामिक बिद्यालय ढोरचौरले दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शिल्ड जितेको छ ।
यस्तै २ स्वर्ण, २ रजत र ८ कास्य नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय छापडाँडाले जितेको छ । त्यस्तै २ स्वर्ण, ५ रजत र २ कास्य महेन्द्र आदर्श माद्यामिक बिद्यालयले, २ स्वर्ण ४ रजन र ३ कास्य सिद्ध माद्याकि बिद्यालय भँडारले जितेको छ यस्तै २ स्वर्ण, १ रजत र १ कास्य शान्ती सुन्दर मावि खार्वनले जितेको छ भने देउराली माद्यामिक बिद्यालय कुइयाँझोलले ४ रजत जितेको छ ।