हुलाक कार्यालय सल्यानले श्रीनगरबाट पनि सेवा सुरु

भबानि बुढाथोकि

सल्यान,१३ माघ । जिल्ला हुलाक कार्यालय सल्यानले जिल्लाको शारदा नगरपालिका १ श्रीनगर स्थित खलंगा (रुकुम रोडको चोकबाट आफ्नो साधारण खालको सेवा सुरु गरेको छ । श्रीनगरबाट सबैलाई सहज हुने भन्दै कार्यालयले आइतबार देखि सामान्य खालको सेवा दिन सुरु गरेको हो ।जसमा साधारण चिठीपत्र पठाउन, खुद्रा पैसा साट्न, टिकट बिक्री र निशुल्क पानी पिउने व्यवस्था गरिएको जिल्ला हुलाक कार्यलय सल्यान का प्रमुख धिरेन्द्र भण्डारीले जानकारि दिनु भयो । उहाका अनुसार सल्यान खलंगा रुकुम रोडको चोकमा रहेको ट्राफिक पोस्ट नजिक रहेको सटरमा एकजना कर्मचारी सहित चिठीपत्र राखिने सानो पेटीका र खानेपानी राख्ने फिल्टर राखिएको छ ।

सेवा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ । त्यहाँ संकलन भएका सबै चिठीपत्र २ बजेपछि हुलाक कार्यालयमा लगेर व्यवस्थापन गरिने र खुद्रा पैसाको लागि समस्या परेका मानिसहरुलाई यसले धेरै सहज हुने उनले बताए । यसअघि हुलाक कार्यालय सल्यानले खलंगा पुरानो बसपार्कबाट पनि सेवा सुरु गरेको थियोे । उक्त सेवा अहिले पनि नियमित रुपमा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस