शारदा नगरपालिका ९ सानिगारे पहिलो पटक गाडी पुग्दा , स्थानियवासी हर्षित

कर्णाली प्रदेश सरकारको सहयोगमा निर्मित मोटरबाटो उद्घाटन

सल्यान १४, माघ ।

कर्णाली प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको मोटरबाटोको सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । काटीगाँउ–वरगाउ, वागचौर–नयाँवस्ती, पुछालावाट साननवास हँुदै माझकाडा जोडने मोटरवाटोको कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला ले सोमवार उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले सडकलाई आर्थिक उपार्जन संग जोड्न सके विकासले छिट्टै गति लिने बताउनुभयो । उहाँले ग्रामीण स्तरमा उत्पादित सामाग्रीले समेत छिट्टै बजार पाउने हुँदा स्थानीयको समेत आर्थिक अवस्थामा परिवर्तन आउन सक्ने भन्दै व्यक्त गर्नुभयो ।


गाउँमा पहिलो पटक गाडी पुग्दा शारदा नगरपालिका वडा नम्बर ९ को नयावस्ती, धिरूवा, सानिगारे का स्थानियवासी हर्षित भएका छन् । गाउँमा गाडी पुग्दा गाउँलेहरुले खुसियाली सहित स्वागत गरेका छन् । कर्णाली प्रदेशको वन पर्यटन मन्त्रालय अन्तर्गत वन कार्यालय मार्फत ४० लाख रूपैयाँमा सडक निर्माण कार्य सम्पन्न भएको हो ।
निर्माण समिति का अध्यक्ष चेतन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान शभा सदस्य धिरेन्द्र श्रेष्ठ , नेकपा नगर अध्यक्ष नवीन भडेल, नेकपा जिल्ला कमिटि सदस्य रमेश कुमार गौतम, राम खड्की, हेमेन्द्र वुढाथोकी, शारदा नगरपालिका – ९ का वडा अध्यक्ष चक्र बहादुर घर्ती लगाएतले वोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस