मावि च्युराको अभिभावक भेलामा प्राविधिक भवनको शिलान्यास

दुर्गा विसि, सल्यान १४ माघ
सल्यान पश्चिम क्षेत्रको त्रिभुवन जनता मावि शंखपिपल च्युरा सल्यानको प्राविधिक भवनको शिलान्यास भएको छ । विद्यालयको अभिभावक भेलासँगै प्राविधिक धार वालि विज्ञान तर्फको ३ कोठे भवन, वालिवीज्ञान धारकै प्रयोगमाशाला र प्रदेश सरकार अन्तर्गतको २० लाख लागतको विनियोजित रकमको २ कोठे भवन समेत शिलान्यास गरिएको छ । प्राविधिक धार तर्फको कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले शिलान्यास गर्नु भएको छ भने वालि विज्ञान धारको प्रयोग शालाको बनगाड कुपिण्डे नगरपालिका प्रमुख गोविन्द कुमार पुनले गर्नु भएको छ ।

त्यसै गरि प्रदेश सरकार अन्तर्गतको २ कोठे भवनको प्रदेश संसद तथा कर्णाली प्रदेश सचेतक गुलाव जंग शाहले गर्नु भएको छ । एउटै कार्यक्रममा विद्यालयका छुट्टाछुट्टै भौतिक पुर्वाधारको उद्घाटनसँगै शिलान्यास गरिएको छ । सल्यान पश्चिमको एक मात्रै प्राविधिक धार सञ्चालन भएको यो क्षेत्रमा शैक्षिक हव निर्माणमा जुटेको प्रदेश संसद तथा सचेत गुलाव जंग शाहको भनाई छ । कार्यक्रमका प्रमुख अतिथि मन्त्री ज्वालाले सल्यानका विभिन्न शैक्षिक क्षेत्र तथा सडक सञ्जाल,विद्युतिकरणको विकास योजनाका वारेमा जानकारी गराउनु भएको छ । विद्यालयको विकासका लागि राजनीति त छाँड म छाड भन्दा सहमति आधारमा जान आग्रह गर्नु भएको छ । विद्यालयको समुन्नत विकासमा जुट्न सबै अभिभावक,विद्यालय परिवारलाई उहाँले विशेष जोड दिएको छ । सोहि कार्यक्रम निर्माण व्यवसायी महासंघ ५ नं प्रदेशका महासचिव प्रकाश शाहले आफ्ना स्वर्गीय मातापिता इन्द्रबहादुर शाह र आमा मेघ कुमारी शाहको नाममा छात्रवृत्तिकोष स्थापनाको घोषणा गर्नु भएको छ ।

२ लाख बराबरको उक्त अक्षकोषबाट यश विद्यालयका जेहेन्दार तथा गरिबी विपन्न वालवालिकालाई अध्यायन अधकार्यक्रम नेकपा पार्टी अध्यक्ष तथा नगर प्रमुख गाविन्द कुमार पुन,कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिम प्रकाश शर्मा,नेकपा पार्टी बनगाड कुपिण्डे नगर अध्यक्ष कीर्तिवहादुर राना,कर्णाली प्रदेश राष्ट्रिय परिक्षा वोर्डका प्रमुख जितवहादुर शाह, ५ नं प्रदेश निर्माण व्यवसायी महासंघका महासचिव प्राकश शाह,नगर उप प्रमुख मञ्जु यरि,नेपाली काँग्रेस पार्टी प्रतिनिधि दिपेन्द्र विष्ट लगाएतका ब्यतिले अभिभावक भेला तथा भौतिक पुर्वाधार शिलान्यास कार्यक्रमको शुभकामना सँगै मन्तव्य राख्नु भएको थियोे । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिलाल विष्टको सभा अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन शिक्षक विरन्द्र शाहीले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस