दुर्गा विसि ,सल्यान १५ माघ
सल्यानको पश्चिम क्षेत्रमा रहेका त्रिभुवन जनता मावि च्युरामा गरिबी तथा जेहेन्दार वालवालिकाका लागि अक्ष कोष स्थापना गरिएको छ । विद्यालयले आयोजना गरेको भव्य कार्यक्रम तथा अभिभावक भेलामा ५ नं प्रदेश निर्माण व्यवसायी महासंघका महासचिव प्रकाश शाहले आफ्ना स्वर्गीय बाबू इन्द्रबहादुर शाह र आमा मेघ कुमारी शाहको स्मृतिमा सो विद्यालयका अति गरिबी तथा पिछडिएका साथै जेहेन्दार वालवालिकाको पढाइमा सहयोग पुग्ने उदेश्यका साथ २ लाख रकमको छात्रवृत्ति अक्षकोष स्थापना गर्ने घोषणा गर्नु भएको छ ।
इन्द्रमेघ स्मृति अक्षकोष नामकरण गरेर सो २ लाख रकम घोषाणा गरिएको छ । विद्यालयमा पढ्ने आफ्नो गाउँ घरका नानि वावुहरु पढाइको लागि आर्थिक समस्या नआवस र आर्थिक समस्याकै कारण कहिकतै कोहि पनि नानि बाबुहरु पढ्नबाट वञ्चित नहुनु भनेर उहाँले लत्ताकपडा लगाएत स्टेशन सामग्रीमा यो अक्ष कोषले ठुलो मदत गर्ने जनाएको छ । आफ्नो क्षेत्रका गरिव वालवालिकाका निम्ति त्यो रकम सदपयोग हुने आशा गरिएको छ । शाहका बुबा इन्द्रबहादुर शाहको समेत उक्त विद्यालयमा ठुलो लगानि र सहयोग रहेको छ ।बाबू जस्तै छोरा प्रकाश पनि यतिबेला समाजिक कार्यमा बुबाको सिको गरिरहनु भएको छ ।सधै विपन्न गरिबी नागरिकको पक्षमा उभिने बाबू जस्तै छोराको पनि यो शिवाय प्रति सवैले प्रशंसा गरेका छन् । साविक मुलखोला गाविस वडा,९ खैरागारमा जन्मिएर तेहि विद्यालयमा माध्यमिक तह अध्यायन गरेका शाहले आफ्नो गाउँठाउँका नानिवावुहरु आर्थिक अभावमा पढ्न नसकेर उनिहरुको सुनौलो भविष्य अन्धाकार नहोस भन्ने उदेश्यका साथ ठुलो रकमको अक्षकोष स्थापना गरिएको यस्लाइ अझै वढाउने जनाउनु भएको छ ।अक्षकोष स्थापनाको घोषणा पछि नगर प्रमुख गोविन्द कुमार पुनसँगै अन्य अतिथिहरुले निर्माण व्यवसायी शाह र उहाँको पत्नि महिमा शाहलाई दोसल्ला वढाएर समान गरेका थिए ।
हाल नौवस्ता, ८ बाँके निवासि शाह युवा व्यवसायी साथै समाज सेवामा अतिनै महत्त्व दिने गर्नु भएको छ ।निर्माण व्यवसायीको क्षेत्रमा पनि उहाँको छवि राम्रो रहेको छ ।भए र गरेका निर्माण क्षेत्रका कार्यहरू समयावधि अगावै सम्पन्नता गर्ने र राज्यबाट वेलावेलामा पुरस्कृत समेत हुने गर्नु भएको छ ।निर्माण व्यवसायीको क्षेत्रमा कहिलिएका युवा व्यवसायी तथा समाज सेवि शाहले आमा वुवाको सम्झनामा अक्षकोष खडा गरउदिनु भएको छ । सायद यो क्षेत्रमा यति ठुलो अक्षकोष स्थापना गर्ने उहाँ पहिलो व्यक्ति हो ।