सेर सदस्य श्रेष्ठको परिवारलाई ग्रामिण साकोस द्धारा पचास हजार राहत प्रदान

सल्यान १५, माघ

ग्रामिण बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले आफ्ना सेर सदस्य स्व ः नरेश कुमार श्रेष्ठको परिवारलाई पचास हजार रुपैया राहत प्रदान गरेको छ । ग्रामिण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्य को मृत्यु भएमा मृत्यु राहत निति अनुरुप अधिकतम पचास हजाररुपैया सम्म राहत दिने ब्यबस्था रहेको छ । सो अनुरुप श्रेष्ठको परिवारलाई मगलबार पचास हजार रुपैया राहत प्रदान गरिएको ग्रामिण साकोस का सचिब सनत कुमार शर्मा ले जानकारी दिनु भएको छ ।
शारदा नगरपालिका वडा नं २ निवासि श्रेष्ठको यहि माघ ११ गते ४८ बर्षको उमेरमा निधन भएको थियो । ग्रामिण बचत तथा ऋण सहकारी संस्था लिमिटेड का सेर सदस्य हरुलाई मृत्यु राहत निति अनुरुप उत्त रकम बितरण गरिदै आएको छ सो क्रममा श्रेष्ठको परिवारलाई घरमै पुगेर पचास हजार रुपैयाको चेक हस्तान्तरण गरिएको हो ।
साथै यस दुःखत घडिमा मृत आत्माको चिरशान्तिको कामना गदै शोकाकुल परिवार जनमा धैर्य धारण गर्ने शाक्ति ईश्वरले प्रदान गरुन भन्ने कामना गदै हार्दिक समबेदना ब्यत्त गर्दछौ सचिब सनत कुमार शर्मा द्धारा जारी बिज्ञप्तीमा भनिएको छ । श्रेष्ठ सल्यान उद्योग बाणिज्य संघ सल्यानका सल्लाहकार समेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस