सल्यान , १५ माघ
सल्यानको छत्रेश्वरि गाउपालिकाको हिउदे अधिबेशन तथा गाउँ सभा मगलबार सम्पन्न भको छ ।
गाउँ सभामा चालू आर्थिक बर्ष २०७६ र ०७७ को बार्षिक खर्च सम्बन्धी छ्लफल भएको र गाउँसभामा अहिले सम्म भयका कामहरुको समिक्षा तथा अब सम्पन्न गरिने कामहरुको बारेमा छलफल,बजेट रकमान्तर,बजेट विवरण हेरफेर लगायतका बारेमा समेत छलफल पश्चात् विभिन्न निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले जानकारि दिनु भयो ।
गाउँपालिका अध्यक्ष सन्तोष केसिको अध्यक्षतामा सम्पन्न गाउँसभामा गाउँपालिका तथा वडा कार्यालयबाट सम्पन्न भएका तथा सम्पन्न हुनबाकी कामहरुको बारेमा सातै वडाका वडा अध्यक्षहरुले आ आफ्नो धारण राख्नु भएको थियो ।बजेट कसरी कार्यान्वयन गर्ने तथा सम्पन्न कामहरु र गाउपालिकाको गतिबिधी बारे सभामा प्रश्न उठाईएको थियो।
सभामा उठेका प्रश्नहरुको जवाफदिदै गाउँपालिका अध्यक्ष सन्तोष केसिले हालसम्म भएका कामहरु सन्तोषजनक तरिकाले सम्पन्न भएको र हामिले गरेका कामहरुमा कुनैपनि अबरोध र नकारात्मक टीका टिप्पणी नअएका कारण गाउँपालिकाले गरेका बिकास निर्माणका कामहरु उत्कृष्टता पुर्बक सम्पन्न भएको र बाकि रहेका बिभीन्न क्षेत्रमा बिनियोजित गरिएको बजेट चाडै कार्यान्वयनमा आउने बताउनु भयो ।