धारापानि रैकर देखि भेरिपुल सम्म सडक चौडाको काम सुरु

दुर्गा विसि

सल्यान, १५ माघ
सल्यान पश्चिम क्षेत्रको सल्लिवजारमा रहेको प्रतीक्षालय हटाउने काम सुरु गरिएको छ । छिन्चु जाजारकोट सडक खन्ड अन्र्तगत सल्लिवजार बाट सडक चौडाको कामले सुरुवाति गरिएको छ । सल्यानको रैकर वजार देखि वालुवासँग्रही, सल्लिवजार हुदै भेरि पुल सम्मको सडक ३० मिटर चौडा गरिने भएको छ ।

सडक डिभिजन कार्यलय सुर्खेतले लगत कट्टा साथै नङसाकनको लागि बनगाड कुपिण्डे नगरपालिकालाई पत्राचार गरिसको छ । यस नगरले सडक चौडाको लागि ३ महिने सुचना सार्वजनिक जारि गरिसकेको छ । सडक डिभिजन, बनगाड कुपिण्डे नगरपालिकाको प्राविधिक शाखा,मालपोत र नापि कार्यलयको संयुक्त रेखांकन बाट लगत कट्टा गरि अन्य काम पनि छिट्टै सुरु गर्ने सडक डिभिजन कार्यलयले जनाएको छ । त्यसै गरि सल्लि रुकुम चौहरजारी सडक पनि १५ मिटर कायम भएको छ । सडक डिभिजन कार्यलय चौहरजारिले पनि उक्त सडकको नाङसान गरि छिट्टै चौडाको काम थालनि हुने जनाएको छ ।सल्लिवजारमा रहेको प्रतीक्षालयले सडक अतिक्रम गरि सडकमै प्रतीक्षालय रहेको थियोे ।अर्को नयाँ प्रतीक्षालय पनि पुन अर्को स्थानमा निर्माण हुने भएको छ । सडक चौडासँगै सल्लिवजार लगाएत स्थानीय वजारका केही स्थानका अधिकांस घरहरु भत्काउनु पर्ने देखिन्छ । लामो समय पश्चात् पुन सडक चौडाको कामले प्राथमिकता पाएको हो ।

प्रतिक्रिया दिनुहोस