कपुरकोट गाउपालिका वडा न. ५ को वडा कार्यालमा आगजनी

सम्पूर्ण कागजात र सामग्री जलेर नष्ट

सल्यान १६, माघ ।

अज्ञात समुहले सल्यान कपुरकोट गाउपालिका वडा न. ५ को वडा कार्यालमा आगजनी गरेको छ । बुधबार राती आगजनी गरेको वडा अध्यक्ष यम कुमार बस्नेतले जानकारी दिनु भयो । रिम शितल बजार नजिक रहेको वडा कार्यालयमा ढोकाको ताला फोडेर भित्र पसि सम्पुर्ण कोठामा आगजनी गरेको पाइएको बस्नेतले जानकारि दिनु भयो ।


वडा कार्यालयमा रहेका सम्पुर्ण कागजात र सामग्रीहरु जलेर नष्ट भएका छ्न् । विहिबार बिहान १० बजेतिर कार्यालय खोल्दा मात्रै आगलागी बारे थाहा भएको कार्यालय सहयोगी पदम बहादुर बिकले बताए । उनले भने, ‘ढोकाको ताला फोडेर भित्र पसी पेट्रोल छर्केर आगो लगाएको जस्तो देखियो, घटना बारे थाहा पाउनासाथ मैले वडा अध्यक्षज्युलाइ जानकारी गराएका थिय ।’ वडा कार्यालयमा आगो लगाउने समुहले एउटा ल्यापटप चोरेर लगेको बताइएको छ ।

पन्जिकरणका सम्पुर्ण श्रेष्ता सहितका महत्वपूर्ण जागजातहरु, डेक्स्टप कम्प्युटर एक थान, प्रीन्टर एक थान, सोफा सेट २ थान, घुम्ने कुर्सी ५ वटा, टेबुल ६ वटा, कार्पेट, पर्दा, ईन्टरनेट सम्बन्धी सामग्री, २ वटा दराज लगाएतका सामग्री पुर्ण रुपमा जलेको वडा अध्यक्ष बस्नेतले बताए । प्रहरिले घटना बारे अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस