सरस्वती पुजाको अवसरमा सल्यान क्याम्पसमा सरसफाई

सल्यान , १६ माघ
सरस्वती पुजाको अवसरमा सल्यान क्याम्पसमा सरसफाई गरिएको छ । खलंगाको लुहापिङमा रहेको सल्यान क्याम्पसको हाताभित्र रहेको फोहर सफाईसंगै शुभकामना आदानप्रदान कार्यक्रम पनि सम्पन्न भएको छ ।


स्वतन्त्र विद्यार्थी यूनियन (स्वबियु) र सल्यान बहुमुखि क्याम्पसको संयुक्त आयोजनामा उक्ते कार्यक्रममा सम्पन भएको हो । स्ववियु सभापति राम बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि पारसमणी थापाले स्ववियुले गरेका गतिविधिमा क्याम्पसले सहयोग गर्ने बताउदै आगामी दिनमा श्रृजनात्मक तथा रचनात्मक कार्यक्रम गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रिय अनुशासन विभाग समिति सदस्य गणेशमान सिंहले क्याम्पस भनेको विद्यार्थीले राजनीति गर्ने ठाउमात्रै नभएर गुणस्तरिय शिक्षा सिक्ने स्थान भएको भन्दै स्ववियुले रचनात्मक काम गनुपर्ने बताउनु भयो ।
कार्यक्रममा प्रध्यापक संघका जिल्ला अध्यक्ष पर्शुराम थापाले सल्यानमा एउटा पनि सरकारी क्याम्पस नभएकोले सम्बन्धीत निकायलाई सरकारी क्याम्पस निर्माणमा ध्यान दिन अनुरोध गर्नुभयो । स्ववियु सदस्य पुस्कर विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन उपसभापती हिमाल शर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस