सिम्तामा वालविवाह न्युनिकरणका लागि सरोकारवालाको प्रतिवद्धता

दुर्गा विसि सल्यान , १९ माघ
सुर्खेतको उत्तरि पुर्वी सिम्ता गाउँपालिकाले आफ्नो क्षेत्रमा वालविवाह न्युनिकरणका लागि अभियान चलाएको छ । अभियानको अन्तिम दिन आज आईतबार वागेश्वरि मावि राकममा विद्यार्थी,अभिभावक,शिक्षाक,जनप्रतिनिधि र सरोकारवाला निकायहरुलाई प्रतिवद्धता गराएको छ ।

वालविवाह नै घरेलुु हिंसाको मुख्य कारक भएकाले सुरुमा यसको न्युनिकरण गर्न आवश्यक रहेको गाउँपालिका उपाध्यक्ष तथा अभियानका संयोजक चन्द्रकला शाहिले वताउनु भएको छ । सिम्ताको मुख्य समस्या नै वालविवहा भएकोले यसलाई न्यनिकरण गर्न आवश्यक रहेको र विशेष योजना वनाई काम भैरहेको प्रमुख प्रशासकिय अधिकृत जनक हमालले जनाउनु भयो । सिम्ताका निमावि र मावि गरि करिव १६ वटा विद्यालयहरुमै पुगेर पहिलो चरणको कार्यक्रम गरिएको छ । जहाँ शिक्षक,अभिभावक र विद्यार्थीलाई समेत वालविवाह न्युनिकरणमा लाग्न प्रतीवद्धता गराएको छ ।

वालविवाह न्युनिकरणमा अभियान्तासँगै सिम्ता गाउँपालिकाको न्यायिक समितिले कदम अघि वढाएको छ ।१६ विद्यालयका ५ हजार वढि विद्यार्थी माझमा यो कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । माघ ८ गते सुरु गरिएको वालविवाह न्युनिकरण सम्बन्धि पहिलो चरणको कार्यक्रम आज सकिएको छ । सिम्ता न्यायिक समिति सदस्य नेत्र महतारा,मोहन चन्द, सामाजिक विकास समिति संयोजक टेकबहादुर विक,तेजविक्रम शाहि,दिपा मल्ल लगाएतका जनप्रतिनिधिले वालविवाह न्युनिकरणमा हातेमालो गर्न सबैमा अपिल गरेका छन् ।त्यसै गरि १० दिन सम्म करिव निरन्तर कार्यक्रम सञ्चालनमा सहयोगी पुर्न भुमिका निर्भाह गर्नु भएका तथा अभियान्ता युवा प्रकाश शर्मा,केवि दर्मा्लिले वालविवाह पछिका समस्या,निराकरणका उपायहरू,यसका चुनौती र न्युनिकरणका विषयमा प्रष्ट पार्ने काम भएको थियोे ।कार्यक्रम वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोजेन्द्र सिं ठकुरीको सभा अध्यक्षतामा भएको थियो छ ।

प्रतिक्रिया दिनुहोस