दुर्घटना वढ्न थाले पछि छिन्चु जाजरकोट सडक खण्डमा टाईम कार्ड लागु

दुर्गा विसि सल्यान, २० माघ
दिनप्रतिदिन दुर्घटना वढ्न थाले पछि छिन्चु जाजरकोट सडकखण्डमा टाईम कार्ड लागु गरिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानको पहलमा जिल्ला प्रहरी कार्यालय जाजरकोट र सल्यानको सहकार्यमा सो सडकखण्डमा टाइमकार्ड लागु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता लक्ष्मण वलिले जानकारी दिनुभएको छ ।
उक्त सडक खण्ड साँघुरो र कच्चीका साथै जोखिमपुर्न भएकोले सो सडक खण्डमा तीव्र रुपले गाडी चल्ने भएकाले दुर्घटनाको उच्च जोखिमलाई न्युनिकरण गर्न टाइमकार्ड लागु गरेका जनाएको छ । रिम्ना होलुखोला ९ किलोमीटर १ घण्टा, होलुखोला देखि खलंगा बसपार्क ६ किलोमीटर ४५ मिनेट, खलंगा बसपार्क मटेला ९ किलोमीटर ३० मिनेट, मटेला देखि कुदु सम्म ५ किलोमीटर २५ मिनेट, कुदुदेखी छेडाचौर २२ किलोमीटर १ घण्टा २० मिनेटको समय तए गरिएको छ ।


यस्तै छेडाचौर देखि सुर्खेत राकम सम्म २४ किलोमीटर १ घण्टा ३० मिनेट, सुर्खेत राकम देखि सल्लिबजार सल्यान सम्म ३ किलोमीटर १० मिनेट, सल्लिबजार सल्यान देखि बोटेचौर सुर्खेत सम्म २३ किलोमिटर १ घण्टा ३० मिनेटको समय तालिका कायम गरिएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । टाइमकार्डमा लागु भएको समयभन्दा पहिलानै गन्तव्यमा पुगेको पाइएमा सार्वजनिक सवारीसाधनलाई जरिवाना गरिने समेत जनाएको छ ।उहाँले तोकिएको समयमा यातायातका सवारी साधन समयभन्दा पहिला पुगेको खण्डमा एक हजार देखी पाँच सय सम्म जरिवाना गरिने जनाए छ ।
साथै तोकिएको समयसम्म सवारी साधन रोकेरमात्र गन्तव्यका लागी छोड्ने जानकारी रहेको छ । सडक दुर्घटनालाइ यस अभियानले कम गर्न मद्दत गर्ने जनाएको छ । यो नियम भने सार्वजनिक ठुला सवारी वसलाई मात्रै लागु गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस