मानव अधिकार सचेतना सम्बन्धी कार्ययोजना तयार

सल्यान २१, माघ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सञ्चालन गरेको इएलपी परियोजना अन्र्तरगत गठित मानव अधिकार समुहले शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सवाल विषयमा कार्ययोजना तैयार पारेको छ । सल्यानको शारदा नगरपालिकामा सोमबार सम्पन्न भएको समस्या पहिचान तथा समाधानका विषयमा छलफल गर्न आयोजना गरिएको बैठकले कार्ययोजना तयार गरेको हो ।


समुदायका स्थानीय समस्याहरु सुचीकरण गरी ती समस्या समाधानका लागि कार्ययोजना तयार पारिएको इएलपी परियोजनाका सहजकर्ता रामचन्द्र रेग्मीले जानकारी दिन’भयो । निशुल्क शिक्षा भनेपनि शारदा नगरपालिका भित्रका केही विद्यालयमा विद्यार्थीले शुल्क तिर्न नसकेर बिचैमा पढाइ छाड्न् परेको,समान काम गरेपनि लैंगिक भिन्नताका आधारमा महिलाह?ले असमान ज्याला पाउने गरेको,अखद्य वस्त’ बजारमा विक्रि वितरण भइ रहँदा पनि बजार अन’गमन नगरेको र भुमि विहिनह?का सवालका विषय समाधान गर्न कार्ययोजना तैयार पारिएको उहाँले बताउनुभयो ।
सो अवसरमा इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले मानवअधिकारको स्वतन्त्र रुपले बाँच्न पाउने अधिकार,आर्थिक, सामाजिक, सांस्कृतिक, राजनैतिक,शिक्षा,स्वास्थ्य लगायतको अधिकारको विषयमा जानकारी दिनुभयो । उहाँले अझैपनि जिल्लामा मानवअधिकार उल्लंघनका घटना दिनान’दिन बढ्दै गइ रहेको अवस्थामा मानवअधिकार सम’हले अधिकार स्थापित गर्न मद्दत पुप्र्याउने बताउनुभयो ।
इएलपी कार्यक्रमलाई सघाउन गठित शारदा नगर स्तरीय मानव अधिकार सम“हका संयोजक म’ना हमालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न सवाल पहिचान गरि समावेश गरिएको ध्यानाकर्षण पत्र नगर प्रमुखलाइ बुझाउने भएको छ । मानव अधिकार समुहको कार्ययोजना निर्माण कार्यक्रममा समुहका पदाधिकारीहरु, मानव अधिकारकर्मी,पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस