सल्यान २१, माघ ।
मंगलबारको दिन । बिहान करिब ७ बजेको थियो । एक हुल मानिस मुखमा मास्क, हातमा कुचो समाएर बजारका चोकहरुमा निस्कीए । उनीहरु अरु कोही नभएर बजार सरसफाई गर्न आएका थिए । उनीहरुले जिल्लाको प्रमुख ब्यापारिक केन्द्र श्रीनगर बजार सरसफाई गर्न शुरु गरे ।
हो, सल्यान उद्योग बाणिज्य संघ सल्यानले रजत जयन्तीको अबसरमा जिल्लाको श्रीनगर बजार सरसफाई गरेको छ । बजारमा फोहोर जथाभावी फाल्दा मानव स्वास्थ्यलाई असर पर्ने र बजारको सौन्दर्यता पनि हराउदैँ जान थालेकाले सरसफाई गरिएको हो ।
रजत जयन्तीको अबशरमा जिल्लाका बिभिन्न बजारहरुको सरसफाई गरिएको सल्यान उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष बीर बहादुर चलाउनेले जानकारी दिनुभयो । उद्योग बाणिज्य संघ सल्यानको पहलमा जिल्लाका बिभिन्न बजारहरुको सरसफाई गरिएको उहाँको भनाई छ ।
श्रीनगरमा भएको सरसफाई कार्यक्रममा उद्योग बाणिज्य संघका पदाधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, होटल ब्यबसायी संघ, सल्यान जेसिस, बजार ब्यबस्थापन समिती र स्थानियको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।
यस्तै जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सल्लीबजारको पनि सरसफाई गरिएको छ । बनगाड कुपिण्डे नगरपालिकाका उपप्रमुख मञ्जु यरी, वडाअध्यक्ष शान्त कुमार यरी, ईलाका प्रहरी कार्यलय सल्लिवजार, नेपाली सेना, राजनीतिक दल, वजारवासी तथा विभिन्न निकायका व्यक्तिहरुको उपस्थितिमा वजारको सरसफाइ गरिएको हाम्रा पश्चिम बन्गाड कुपिण्डे संबाददाता दुर्गा बिसीले जानकारी दिनुभएको छ ।
सो अबशरमा वजारमा जथाभावी फोहर नफाल्न समेत सचेतिकरण गराएको छ । उद्योग वाणिज्य संघ सल्यानको ९ औ साधारण सभा तथा रजत जयन्तीको अवसर पारेर वजारको सरसफाइ कार्यक्रम गरिएको संघका उपाध्यक्ष भुपाल साहुले जानकारी दिनु भएको छ । सो अबशरमा वजार सरसफाइमा सहभागीलाई जनवन्धु पोलिकिल्निक सल्लिवजारले ५० वढी माक्स वितरण गरेको थियो ।