सल्यान २२, माघ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानले एकिकृत स्वास्थ्य सेवा अभियान सञ्चालन गरेको छ । जिल्लाको दुर्गम, पिछडिएको क्षेत्र लगाएतकालाई आधार मानेर एकिकृत स्वास्थ्य अभियान सञ्चालन गरिएको हो । स्थानिय स्तरमा पुगेर नागरिकलाई छिटो, छरितो र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले अभियान तथा स्वास्थ्य शिबिर सञ्चालन गरिएको कार्यालयको भनाई छ ।
खास गरेर नसर्ने रोग सम्बन्धी स्कृनिङ क्याम्प तथा जनस्वास्थ्य प्रर्बद्धन कार्यक्रम अन्र्तगत बिभिन्न सेवाहरु प्रदान गरिएको कार्यक्रम संयोजक तारा प्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको दार्मा गाउपालिकामा रहेको जन ज्योती माध्यामिक बिद्यालय फारुलाचौरमा मुटु रोग, उच्च रक्तचाप, मधुमेह, दम, मानसिक स्वास्थ्य, क्यान्सर, दन्त रोग, प्रयोगशाला सेवा तथा आर्युबेद्धिक उपचार बिशेषज्ञबाट गरिएको थियो ।
सो अबशरमा ५ सय ७८ जनाले स्वास्थ्य सेवा लिनुभएको थियो । बिशेषज्ञ डाक्टर प्रदिप शर्मा, डा. सिर्जा पोख्रेल, मेडिकद अफिसर डा. भिमकान्त जैसी र डा. दिक्षान्त मल्ल सहितको चिकित्सकहरुको टोलीले सेवा प्रदान गरेको थियो ।