सरकारले लगानीमैत्री बातावरण सिर्जना गर्न सकेन् ः अध्यक्ष शाही

बुद्धि पुन,

सल्यान २२, माघ । नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाहीले सरकारले लगानी मैत्री बातावरण सिर्जना गर्न नसकेको बताउनुभएको छ । उहाँले नेपालमा लगानी गर्ने थुप्रै क्षेत्रहरु भएपनि सरकारले स्वदेशी तथा बिदेशी लगानीकर्तालाई लगानी गर्ने खालको बातावरण सिर्जना गर्ने नसकेको बताउनुभएको हो ।

सल्यान उद्योग बाणिज्य संघ सल्यानको ९ औँ बार्षिक साधारण सभा तथा रजत जयन्तीका अबशरमा बुधबार जिल्लाको श्रीनगरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष शाहीले सुरक्षाको ग्यारेन्टी नहुदाँ सम्म देशमा स्वदेशी तथा बिदेशी लगानीकर्ताहरुलाई भिञ्याउन समस्या हुने बताउनुभएको हो ।

‘देशमा लगानी गर्ने खालको बाताबरण छैन्, यसले गर्दा लगानीको सुरक्षा हुदैँन्’ उहाँले भन्नुभयो ‘यस्तो अबस्थामा बिदेशी लगानी भित्रिने सम्भावना न्यून हुन्छ ।’ सरकारले निजि क्षेत्रलाई कागज र भाषणमा मात्रै आर्थिक मेरुदण्डका रुपमा लिएको बताउदैँ उहाँले अक्षरंश पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष शाहीले तीन वटै सरकारका अगाडी लगानी बढाउने थुप्रै सम्भावना भएपनि निति नियम स्पष्ट नहुदाँ समस्या भएको बताउनुभएको छ । ‘निजि क्षेत्र संग कम लगानी हुन्छ, ठूला लगानीकर्ताहरुलाई लगानी गर्ने खालको बाताबरण छैन्, यसले गर्दा पनि समस्या भएको हो’ उहाँले भन्नुभयो । पछिल्लो समय स्थानिय स्तरमा उत्पादित बस्तुको बजारीकरण गर्नु प्रमुख चुनौती भएको उहाँको भनाई छ ।

सल्यानमा टिमुर, अदुवा, आलु, सुन्तला, बेमौषमी तरकारी, खानी तथा खनिज र पर्यटनका थुप्रै सम्भावना भएपनि उपर्युक्त बजारीकरण नहुदाँ समस्या भएको उहाँले बताउनुभयो । उहाँले कर्णालीको बिकासका लागी सक्दो लगानी गर्न निजि क्षेत्र तयार भएको बताउनुभयो ।

यस्तै जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्टले सरकारले लगानी सुनिश्चित गर्ने खालको बातारबण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । जिल्लामा उद्योगधन्दाहरु सञ्चालन गरि उत्पादित बस्तुको बजारीकरणको अबस्था सिर्जना नहुदाँ सम्म आर्थिक रुपमा सवल बन्न नसकिने बताउनुभयो ।

यस्तै शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले यस नगरले कर बृद्धि नगरेको बताउनुभयो । नगरले करको दायरा बढाएको बताउदैँ उहाँले तर नगरपालिकाले करमा भने बृद्धि नगरेको बताउनुभयो ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष भोलानाथ खड्की, पूर्व अध्यक्ष टोपेन्द्र कुमार शर्मा, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक ईच्छुक शर्मा, गैरसरकारी संस्था महासंघका अध्यक्ष दिपेन्द्र कुमार शाही लगाएतकाले बोल्नुभएको थियो । उद्योग बाणिज्य महासंघ सल्यानका अध्यक्ष बीर बहादुर चलाउनेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष कुमार बुढाथोकीले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिब भरत बस्नेतले गर्नुभएको थियो ।

रजत जयन्तीको अबशरमा संघले सोमबार जिल्ला अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको थियो भने मंगलबार जिल्लाभरीका सबै बजारहरुमा सरसफाई गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस