दुर्गा विसि
सल्यान २२, माघ सुर्खेत सिम्ता गाउँपालिकाले प्रशासनिक केन्द्र जामुनेवजार देखि वडाका विभिन्न स्थानहरुमा जाने सवारि साधनहरुको भाडा निर्धारण गरेको छ । गाउँपालिकाको कार्यपालिकाको निर्णयसँगै र जनप्रतिनिधि,कर्मचारी,स्थानीय,यातायात व्यवसायी समितिका पदाधिकारी,व्यवसायी र सुरक्षाकर्मिहरुको उपस्थितिमा गाउँपालिकाका विभिन्न स्थानमा चल्ने स्थानीय रुटहरुमा भाडादर कायम गरिएको छ ।
नागरिकहरुबाट चर्को भाडा असुली रहेको गुनासोलाई सम्बोधन गरिएको गाउँ पालिका अध्यक्ष कविन्द्र कुमार केसिले जानकारी दिनु भएको छ ।सहि रुपमा कसैलाई मर्का नपर्ने गरि भाडादर कायम भएको उहाँको भनाइ छ ।
गाउँपालिकाको प्रशासकिय क्षेत्र जामुने वजार देखि कापृचौर रु ७० रुपैयाँ,डाँडाखालि २ सय,जुम्ले अम्रै ८०, देउलि सम्म ७०,वजेडचौर डाँडा १ सय ५०,कोट डाँडा २ सय,काफलकोट ३ सय, जामुने वजार देखि सल्यान सल्लिवजार रु ४०, त्यसै गरि जामुनेवजार देखि नै दुनि २ सय २० र बाँखर्क देखि खनेटा ३ सय,बाँखर्क देखि काफलकोट २ सय ५० कायम गरिएको छ । गाउँपालिकाले नागरिक सेवा र व्यवसायीलाई समेत असर नहुने गरि गाउँपालिकाका विभिन्न क्षेत्रमा जाने र प्रशासकिय रुपले कामकाजले गाउँपालिकामा आउने सेवाग्राही तथा स्थानीयलाई सुविधा हुने उद्धेश्यका साथ यो काम गरिएको जनाएको छ। भाडादर कायम भए पछि स्थानीय भने खुसि वनेका छन् । साथै १२ महिनै यातायात सञ्चालनका लागि स्थानीय सडक सञ्जालको स्तर उन्नतिमा गाउँपालिकाले तिव्ररुपमा काम अघि वढाएको छ ।