दुर्गा बिसी,
सल्यान २४, माघ ।
सल्यान र सुर्खेत जिल्लालाई जोड्न भेरी नदिमा झोलुगें पुल निर्माण गर्न थालिएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका –१ नाम्रा र सुर्खेत सिम्ता गाउँपालिका जोड्ने गरी झोलुँगे पुल निर्माण गर्न थालिएको हो । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा भेरी नदिमा १ सय ८० मिटर लम्बाई भएको पुल निर्माण गर्न लागिएको हो ।
रु. २ करोड २६ लाखमा पुल निर्माणको जिम्मा शिव निर्मल निर्माण सेवाले लिएको छ । आगामी १८ महिना भित्रमा काम सम्पन्न हुने गरी काम शुरु गरिएको छ । यसैबिच झोलुगें पुलको बन्गाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार पुनले शिलान्यास गर्नु भएको छ । यस पुलबाट सल्यान र सुर्खेतका सयौँ घरपरिवार लाधान्वित हुने छन् ।
भेरी नदि डुंगा र चिन्नाको प्रयोग गरेर वारपार गर्नुपर्ने स्थानियको बाध्यता पुल निर्माण भएसँगै अन्त्य हुने भन्दै स्थानिय खुसी भएका छन् । पुल वनेपछि २ मिनेटमा नै भेरी नदि वारपार गर्न सकिने छ ।