श्रीनगर — हरले सिधा बस सञ्चालन : भाडादर कति ?

सल्यान २४, माघ ।
सल्यानको प्रमुख ब्यापारिक केन्द्र श्रीनगर देखी हरले सम्म सिधा बस सेवा सञ्चालनमा आएको छ । बरला, माल्नेटा, हरले सडक निर्माण भएको लामो समय पछि नियमित बस सेवा सञ्चालनमा आएको हो ।

शारदा नगरपालिका वडा नम्बर १४ र १५ लाइ लक्षित गरेर बिहीबार सल्यान शारदा यातायात प्रालि को लु १ ख ७५१७ नम्बरको गाडी श्रीनगरबाट हरले सम्म पुगेको हो । अब गाडी श्रीनगर, बरला बजार, माल्नेटा ठारढुगां हुदैँ हरले सम्म पग्ने छ ।


पहिलो पटक बस पुग्दा ठारढुगांमा वडा अध्यक्षद्धय कृष्ण गिरी र हेमेन्द्र बाबु सेजवाल तथा स्थानीयले फुलमाला लगाएर चालक र सहचालकलाइ स्वागत गरेका थिए । स्थानियको आबश्यकतालाई मध्यनजर गर्दै स्थानिय नागरिकलाई छिटो, छरितो र स्तरिय सेवा प्रदान गर्ने उद्धेश्यले बस सेवा सञ्चालन गरिएको प्रालिका अध्यक्ष डम्बर सिंह तिरुवाले जानकारी दिनुभयो ।

अब देखि दैनिक हरलेबाट श्रीनगरका लागि बिहान ९ बजे र श्रीनगरबाट हरलेका लागी दिउसो ३ बजे गाडी छुट्नेछ । श्रीनगर देखि माल्नेटा ठारढुगां सम्म रु.१ सय र श्रीनगर देखि हरले सम्म रु.१ सय २० भाडादर तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित