सल्यान २४, माघ ।
पोषणयुक्त खानेकुरामा नागरिकको पहुँच कम भएको सरोकारवालारुले बताएका छन् । उनीहरुले आर्थिक अभाव, गरिबी, चेतनाको कमी, पिछडिएको क्षेत्र लगाएतका बिभिन्न कारणले गर्दा पोषणयुक्त खानेकुरामा नागरिकको पहुँच कम भएको बताएका हुन् । मानव अधिकार रक्षक सञ्जालद्वारा शुक्रबार सल्यानको सल्लीबजारमा आयोजना गरिएको खाद्य अधिकार सम्बन्धि शिक्षक, विद्यार्थी र अभिभावकका बीचको अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै बन्गाड कुपिण्डे नगरपालिका उपप्रमुख मञ्जु यरीले खाद्य अधिकारका क्षेत्रमा नागरिकको पहुँच अभिबृद्धि गर्न नगरपालिकाले बिशेष कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । अखाद्य बस्तुको उपभोगले मानिसको स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले यस बिषयमा नगरले बिशेष चासोका साथ काम गर्ने बताउनुभयो ।
यस्तै नेपाल रेडक्रस सोशाइटी कर्णाली प्रदेश सदस्य गणेश विसीले पश्चिमी क्षेत्रको खाद्य अधिकारको बिषयलाई गम्भिरताका साथ लिनुपर्ने बताउनुभयो । कार्यक्रम बनगाड क्याम्पस प्रमुख गणेश चन्द, शैक्षिक जनचेतना प्राथामिक बिद्यालय माल्पेका प्रधानाध्यापक टेकेन्द्र विसी, प्रभाकर माद्यामिक बिद्यालयका सहायक प्रधानाध्यापक पुष्कर विसी, विद्यार्थी र सरोकारवाला निकायका विचमा अन्तरक्रिया गरिएको थियोे ।
साथै मानवअधिकार समुहको वैठकले शिक्षा, स्वास्थ्य, खाद्य अधिकारका विषयमा समस्या र निकारणका उपायका बारेमा कार्ययोजना पास गरेको छ । सो अबशरमा खाद्य अधिकार सम्प्रुभता सम्बन्धि सरोकावाला बीचमा इन्सेक जिल्ला सहजकर्ता रामचन्द्र रेग्मीले प्रष्ट पार्नु भएको थियो । पत्रकार दुर्गा विसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन इन्सेक जिल्ला प्रतिनिधि मिना वुढाथोकीले गर्नु भएको थियोे ।