विद्यालय स्तरिय रनिङ शिल्ड प्रतियोगिता हुने

दुर्गा बिसी,
माघ २५, सल्यान ।
सुर्खेतमा सिम्तामा बिद्यालय स्तरीय रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । भानु माद्यामिक बिद्यालय बजेडीचौरमा यही फागुन ४ र ५ गते सिम्ता गाउपालिका स्तरको रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको हो ।

शुक्रबार सम्पन्न सुर्खेत सिम्ता गाउँपालिका शिक्षा शाखाको आयोजनामा र शिक्षक महासंघ सिम्ताको समन्वयमा मासिक प्रधानाध्यापकहरुको बैठकले यस्तो निर्णय गरेको हो ।


जसको लागी रूद्र केसीको संयोजकत्वमा विनय सिंह ठकुरी र यज्ञ बहादुर सिंह ठकुरी सदस्य रहेको ३ सदस्यीय समिति गठन गरिएको छ । यस्तै वैठकले प्रत्येक वडामा कक्षा १ देखि ३ सम्मका विद्यार्थीको माघ २८ गते वडा स्तरीय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरि फागुन २ गते पालिका स्तरीयमा सञ्चालन गर्ने निर्णय भएको छ ।

यस्तै कक्षा ६ देखी ८ सम्मको हाजिरीजवाफ प्रतियोगिता फागुन ३ गते पालिका स्तरीय बागेश्वरी माविमा गर्ने निर्णय भएको छ । यस्तै कक्षा ९ देखि १२ सम्मका विद्यार्थीको ‘समृद्ध सिम्ता सुखी सिम्ताली’ विषयक फागुन ३ गते बागेश्वरी माविमा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिने छ ।

सो अबशरमा ३० वर्षसम्म शिक्षण पेसामा आवद्ध हुनुभएका प्रावि बागेनाका प्रधानाध्यापक रत्न बहादुर खड्कालाई विदाई गरिएकोछ । बैठकमा गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले शैक्षिक सुधारका लागि गुणात्मक परिणाम दिन सबै विद्यालयका प्रधानाध्यापकहरुलाइ निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस