ट्वांङट्वांगे गुफाको सरसफाई

सल्यान २५, माघ ।
सल्यानको शारदा नगरपालिका वडा नम्बर १२ लेखडाँग्रीमा रहेको ट्वांङट्वांगे गुफाको सरसफाई गरिएको छ । आउदैँ गरेको महाशिबरात्रीको अबशर पारेर गुफाको सरसफाई गरिएको हो । यस्तै गुफा वरिपरी सरसफाई, रंगरोगन, गुफा सम्म पुग्ने बाटोको मर्मत तथा खानेपानी मुहान वरिपरि पनि सरसफाई गरिएको छ ।

स्थानिय हरियाली कृषक समुह र जुनतारा आमा समुहको संयुक्त आयोजनामा सरसफाई गरिएको स्थानिय बेल बहादुर बुढा मगरले जानकारी दिनुभयो । करिब २००४ सालमा पत्ता लागेको यस गफामा शिव पार्वतीका आकृतिहरु रहेका छन् । यस्तै गणेश, बिभिन्न देबीदेवताका आकृति सँगै गाईभैँसीका थुन जस्तै देखिने आकृर्षक आकृतिहरु पनि रहेको स्थानियले बताएका छन् ।

फाईल तस्विर ।
पछिल्लो समय स्थानियले गुफाको संरक्षण गर्न थालेका छन् । गुफाको हेरचाह, संरक्षण तथा प्रर्बद्धन गर्न थालेका हुन् । गुफाको संरक्षण र प्रचारप्रसारका लागी शारदा नगरपालिका वडा नम्बर १२ ले पनि सक्रियता देखाएको छ ।

प्रतिक्रिया दिनुहोस