विप्लव सल्यानका नेता बुढाथोकीद्धारा पार्टी परित्याग

सल्यान २५, माघ ।
विप्लव निकट नेकपा सल्यानका एक नेताले पार्टी परित्याग गरेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाका नगर सेक्रेटरी शंकर वुढाथोकीले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका २ स्थित बामे निवासी वुढाथोकी विप्लव नेतृत्वको नेकपाका जिल्ला पार्टी सदस्य, अनेरास्ववियु क्रान्तिकारीका जिल्ला उपाध्यक्ष, युवा संगठनको जिल्ला सचिव हुदै हाल बनगाड कुपिण्डे नगर पार्टी सचिवको जिम्मेवारीमा रहेर काम गर्दै आउनुभएको थियो ।


शनीबार एक प्रेस बिज्ञप्ती जारी गर्दै उहाँले पार्टीको आठौँ महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम प्रति पूर्ण असहमति जनाउदैँ केहि समय पहिले देखि नै पार्टीको कामकाजमा समेत नलागेको उल्लेख गर्नुभएको छ । उहाँले अब आफु स्वतन्त्र भएर बस्ने समेत बिज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित