नेकपा निकट अखिल नेपाल किसान महासंघ सल्यानको सपथ ग्रहण सम्पन्न

‘कृषिको व्यवसायिकरण गर्न आबश्यक रहेकोमा जोड’

सल्यान २५, माघ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल किसान महासंघ जिल्ला समन्वय समिती सल्यानको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम खलंगा स्थित पार्टी कार्यालयमा शनिबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा महासंघका दस वटै स्थानीय तहका संयोजक तथा सहसंयोजक, किसान महासंघसंग आबद्ध विभिन्न १६ वटा संघका संयोजक तथा सहसंयोजकहरुलाई सपथ ग्रहण गराइएको थियो । जिल्लामा ५४ सदस्यीय जिल्ला महासंघ रहेको छ ।

सपथ ग्रहण कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासंघ कर्णाली प्रदेशका संयोजक कृष्ण बिसीले कृषिको व्यवसायिकरण गर्न आबश्यक रहेको बताउनुभएको छ । देशका ६० प्रतिशत नागरिकलाई बर्ष दिन भरी कृषि गरेर खान नपुग्ने गरेको बताउदैँ उहाँले कृषिलाई ब्यबसायीकरण गर्न आबश्यक रहेकोमा जोड दिनुभएको हो ।

उहाँले परम्परागत तरिकाले कृषि पेशा संचालन गर्न नसकिने बताउनुभयो । कर्णालीका जनताले २७ प्रतिशत मात्रै उत्पादन गरेको आफुलाई पुग्ने बताउँदै सल्यान, सुर्खेत र रुकुम पश्चिम मात्रै खाद्यान्नमा आत्मनिर्भर भएको बताउनुभयो । कृषि पेशाका लागि थुप्रै सम्भावना भए पनि आबश्यक प्रबिधि नहुदाँ समस्या भएको उहाँको भनाई छ । किसान महासंघ किसानहरूको महासंघ भएकोले किसानको पक्षमा काम गर्ने बताउनुभयो । बदलिँदो ब्यबस्था संगै किसानको अवस्था पनि परिबर्तन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

जिल्ला संयोजक प्रेम बहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेकपाका कर्णाली प्रदेश कमिटी सदस्य भिम प्रकाश शर्माले सरकार र पार्टीले किसानमुखी कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै प्रदेश कमिटी सदस्य टिकाराम वलीले अर्थतन्त्रको प्रमुख आधार कृषि भएकाले किसान लक्षित कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महासंघका जिल्ला ईन्चार्ज कलिराम वली, नेकपा जिल्ला कमिटी सदस्य नविन भडेँल, रमेश कुमार गौतम, भिउसेन नेपाली, मनोज सिंह, युवा संघका केन्द्रिय सदस्य शोभाराम भणडरी लगाएतकाले बोल्नभएको थियो । जिल्ला सह ईन्चार्ज प्रेमा अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन सहकारी संघका संयोजक मनबीर बस्नेतले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित