कपुरकोटमा २ दिने पशु स्वास्थ्य सुरक्षण तालिम सम्पन्न

सल्यान २६, माघ ।
सल्यानको कपुरकोटमा २ दिने पशु स्वास्थ्य सुरक्षण तालिम सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड कपुरकोटको आयोजनामा तथा साना किसान बिकास लघुवित्त वित्तीय संस्था लिमिटेड सुर्खेतको सहयोगमा शुक्रबार र शनीबार गरेर दुई दिन पशु स्वास्थ्य सुरक्षण तालिम सम्पन्न भएको हो ।
तालिममा पशुमा लाग्ने रोग, आहार, बस्नेबास, रोगको उपचारको बिधि, खोर ब्यवस्थापन तथा पशुपालनका बिधिहरू किसानलाई सिकाईएको थियो । तालिममा कपुरकोट गाउपालिका पशु प्राबिधिक अरूणा भण्डारी तथा सुर्य भुषालले शिक्षण दिनुभएको थियो ।


डम्बर बहादुर यरीको अध्यक्षतामा भएको तालिममा प्रबन्धक तिर्थराज शर्माले कार्यालयको प्रगति विवरण सार्वजनिक गर्नुभएको थियो । तालिमको सहजीकरण सहकारीका जीत प्रसाद आचार्यले गर्नुभएको थियो । तालिममा ६० जना किसानहरुको सहभागिता रहेको थियो ।

किसानलाई पशुपालनमा ब्यवसायिक बनाई आर्थिक रुपमा सुधार ल्याउने उद्धेश्यले तालिम सञ्चालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस