‘शैक्षिक क्षेत्रको बिकास विना गरिने बिकास अधुरो हुन्छ’ : शाह

सल्यान २६, माघ ।
कर्णाली प्रदेशका प्रदेशसभा सदस्य गुलावजंग शाहले बिकासको पहिलो आधार शिक्षा भएको बताउनुभएको छ । उहाँले शिक्षा नै बिकासको मुल आधार भएकोले शैक्षिक क्षेत्रको बिकास बिना गरिने बिकास अधुरो हुने बताउनुभएको हो । महेन्द्र आदर्श माद्यामिक बिद्यालय बाँझकाडा सल्यानको ६ कोठे बिद्यालय भवनको आईतबार शिलन्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो ।


सल्यान प्रदेश सभा क बाट निर्वाचित प्रदेश सभा सदस्य शाहले शिक्षा क्षेत्रलाई पहिलो प्राथामिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । जव सम्म बिद्यालयमा भौतिक पूर्वाधारको बिकास हुदैन्, त्यस बेला सम्म शैक्षिक गुणस्तर सोचे जस्तो हुदैन्, उहाँले भन्नुभयो सोही कुरालाई ध्यानमा राखेर प्रदेश सरकारले बिद्यालय भवन निर्माणको लागी बजेट विनियोजन गरेको हो । उहाँले शैक्षिक उन्नतीको लागी प्रदेश सरकारलाई आबश्यक वजेट विनियोजनमा पहल गर्ने बताउनुभयो ।


यस्तै सिद्धकुमाख गाउपालिका उपाध्यक्ष पुस्पा कुमारी बोहराले शिक्षा क्षेत्र गाउपालिकाको प्राथामिकतामा परेको बताउदैँ शैक्षिक सुधारको लागी बर्षेनी लाखौँ वजेट विनियोजन गर्दै आएको बताउनुभयो । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रेशम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धकुमाख गाउपालिका १ का वडाअध्यक्ष राम बहादुर बस्नेत, बिद्यालयका प्रधानाध्यापक भोक बहादुर केसी लगाएतकाले बोल्नभएको थियो ।
कर्णाली प्रदेश सरकार अन्र्तगत सामाजिक बिकास मन्त्रालयको आर्थिक बर्ष २०७६÷०७७ को रु. ५० लाख बाट बिद्यालयमा भवन निर्माण लागिएको हो । कार्यक्रमको सञ्चालन शिक्षक लाईन बुढाथोकीले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस