माघ २९ गते देखी सल्यानमा हुने प्रादेशिक महोत्सवको तयारी तिव्र

सल्यान २७, माघ ।
सल्यानमा सञ्चालन हुन लागेको प्रादेशिक महोत्सवको तयारी तिव्र पारिएको छ । जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा यही माघ २९ गते देखि फागुन ११ गते सम्म सञ्चालन हुने महोत्सवको तयारी तिव्र पारिएको हो ।

महोत्सव सञ्चालन हन केही दिन मात्रै बाँकी रहदाँ जिल्लामा महोत्सवको चहलपहल बढेको छ । जिल्लाको सदरमुकाम खलंगा सँगै श्रीनगर लगाएतका ब्यापारिक केन्द्र तथा ग्रामिण क्षेत्रहरुमा पनि प्रचारप्रसार तिव्र पारिएको छ । बिभिन्न सञ्चार माध्यमले प्रचारप्रसार गरिहरहेका छन् भने श्रीनगरमा महोत्सव स्थल ब्यबस्थापन तथा स्वागत गेट निर्माण कार्य पनि भैरहेको छ ।

अहिले महोत्सवको तयारी तिव्र गतिमा भैरहेको सल्यान उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष बीर बहादुर चलाउनेले जानकारी दिनुभयो । जिल्लामा उत्पादित स्थानीय उत्पादनलाई प्रवद्र्धन र बजारीकरण गर्ने उद्धेश्यले महोत्वसको आयोजना गरिएको उहाँको भनाई छ ।


महोत्सवको अबधिभर करिब ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य रहेको छ भने महोत्सव अबधिभर १ लाख भन्दा बढी दर्शकहरुले महोत्सवको अबलोकन गर्ने आयोजकको भनाई छ । ‘कृषि, पशु, वन, उद्योग, ब्यापार तथा पर्यटन बिकासको परिकल्पना’ ‘ब्यबसायीकरणद्धारा आर्थिक उन्नती गरी समृद्ध समाजको स्थापना’ भन्ने मुल नाराका साथ महोत्सवको आयोजना गरिएको हो ।

जिल्लामा भएका विभिन्न पर्यटकीय स्थलहरुको फोटो प्रर्दशनी, स्थानीय उत्पादनहरुको प्रदर्शनी तथा जिल्लाका परम्परागत तथा धार्मिक नृत्यहरु महोत्सवको मुख्य आकर्षणको रुपमा रहने छन् । यस्तै महोत्सवमा २ सय बढी स्टलहरु रहने छन् । महोत्सव अबधिभर राष्ट्रिय तथा जिल्ला भित्रका कलाकारहरुको प्रस्तुति रहने छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित