समाज परिवर्तनको पहिलो आधार शिक्षा हो : मन्त्री ज्वाला

सल्यान २७, माघ ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले समाज परिवर्तनको पहिलो आधार शिक्षा भएको बताउनु भएको छ । उहाँले सचेतनाको अभावले समाजमा विभिन्न समस्या आउने बताउदैँ समाजलाई सभ्य बनाउन शिक्षाको भुमिका महत्वपूर्ण हुने बताउनु भएको हो । देउराली माद्यामिक विद्यालय सिद्धकुमाख गाउपालिका वडा नम्बर २ कुइयाझोलमा निर्मित ४ कोठे बिज्ञान भवनको सोमबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

मन्त्री ज्वालाले पछिल्लो समय नागरिकको चेतनामा वृद्धि हुँदै गएको र समाज परिवर्तनको मुलधारमा केन्द्रित भएको बताउनुभयो । ‘समाजमा हुने हरेक बिकृती न्यूनीकरणमा सचेत नागरिकको भूमिका बढ्दै गएको छ, यसको मुल कारण शिक्षा नै हो’ उहाँले भन्नुभयो । मन्त्री ज्वालाले प्रबिधियुक्त र ब्यवसायिक शिक्षा अहिलेको आबश्यकता भएको बताउनुभयो ।


यस्तै मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिम प्रकाश शर्माले शिक्षामा नयाँपन हुन आबश्यक रहेको बताउनुभयो । यस्तै सिद्धकुमाख गाउपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले शैक्षिक क्षेत्रको सुधारको लागि गाउपालिकाले मुलतः धेरै बजेट विनियोजन गरेको बताउनुभयो ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोपाल चलाउनेको अध्यक्षतामा भएको कार्यक्रममा गाउपालिका उपाध्यक्ष पुस्पा कुमारी बोहरा, वडा नम्बर १ का वडाअध्यक्ष राम बहादुर बस्नेत, वडा नम्बर २ का वडाअध्यक्ष रुद्र बहादुर बुढाथोकी, वडा नम्बर ३ का वडाअध्यक्ष शालिकराम बुढाथोकी, नेकपा सिद्धकुमाख गाउपालिका अध्यक्ष जित बहादुर चलाउने, अनेरास्ववियुका केन्द्रिय सदस्य राजेन्द्र भण्डारी, तरुण दलका सिद्धकुमाख गाउपालिका सभापति राजेश डिसी, सिएमसि नेपालका जिल्ला कार्यक्रम संयोजक लोक बहादुर बिक लगाएतकाले बोल्नु भएको थियो ।

शिक्षा बिकास तथा समन्वय ईकाई सल्यानको आर्थिक बर्ष २०७४र०७५ को क्रमागत बजेट तथा गाउपालिकाको सहयोग र स्थानीयको श्रमदानबाट विद्यालय भवन निर्माण गरिएको हो । शिक्षक बल बहादुर चलाउनेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन प्रधानाध्यापक टिकाराम आचार्यले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस