दुर्गा बिसी,
सल्यान २८, माघ ।
सरकारले घोषणा गरेको सय पर्यटकिय गन्तब्यमा पर्न सफल सल्यानको कुपिण्डे तालमा भ्रमण बर्ष लक्षित कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । यही फागुन १ गते कुपिण्डे ताल परिसरमा बिबिध कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सो अबरशमा स्थानीय कला, गला, भेषभुषा, सहितका बिबिध संस्कृतिहरु प्रस्तुती गरिने बन्गाड कुपिण्डे नगरपालिका नगरप्रमुख गोबिन्द कुमार पुनले बताउनुभयो ।
मिनि राराको नामले चिनिने कुपिण्डे तालको प्रचारप्रसार र भ्रमण वर्ष सफल पार्नुका सथै आन्तरिक र वाह्य पर्यटकलाई भिञ्याउन यो कार्यक्रम फलदायी हुने आयोजकको भनाई छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सो कार्यक्रमको उद्घाटन गर्नुहुने छ ।
यसैबिच
सुर्खेतको सिम्ता गाउँपालिकाले होमस्टे सञ्चालन गर्ने जनाएको छ । सिम्ता गाउंँपालिका र नमुना समाज सुर्खेतको साझेदारीमा सिम्ताका ४ ठाउँमा समुदायिक होमस्टे स्थापना गरिएको हो । राकमको दमार समुदायिक होमस्टे, बजेडिचौरको सिमलगाउंँमा कोटेश्रवर होमस्टे, आग्रिगाउंँको लापुमा मौला होमस्टे र घोरेटाको लुकुईमा राम्रि होमस्टे राखिएको छ । जहाँ अर्गानिक खानाका परिकारहरू खाना पाईन्छन भने स्थानीय कलासाँकृतिका साथ आन्तरिक तथा बाह्य पर्यटनहरूलाई स्वागत तथा सम्मान गरिन्छ ।