सल्यान २९, माघ ।
सल्यानको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले सबै सहकारीहरु ऐन कानुन बमोजिक सञ्चालन हुनुपर्ने बताउनुभएको छ । सहकारीहरु ऐन कानुन र बिधि बिधान अनुसार सञ्चालन नहुदाँ शेयर सदस्यहरुको शेयर नै डुब्ने खतरा हुने भएकाले बिधिमा टेकेर मात्रै सञ्चालन हुनुपर्ने बताउनुभएको हो ।
ग्रामिण बचत तथा ऋण सहकारी संस्था लि. शारदा नगरपालिका २ खलंगाको २५ औँ स्थापना दिवश तथा रजत जयन्तीका अबशरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । पछिल्लो समय केही सहकारीहरुमा बिकृतिहरु बढ्दै गएको बताउदैँ उहाँले सदस्यहरुको शेयर पुजीँ नडुब्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।
सहकारी सञ्चालनमा सहजताको लागी शारदा नगरपालिकाले सहकारी बिद्येयक पारित गरेको बताउदैँ नगरप्रमुख अधिकारीले भन्नुुभयो ‘बिधिबिधान भन्दा बाहिर गएर कसैले पनि काम गर्नु हुदैन्, नगरपालिका भित्रका सबै सहकारीलाई एउटै बनाएर सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो सुझाव हो ।’ उहाँले सहकारीमा जम्मा भएको रकमको सदुपयोग गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष केशवसिंह श्रेष्ठ, संस्थापन अध्यक्ष धुर्व बहादुर मल्ल लगाएतकाले बोल्नु भएको थियो । सहकारीका अध्यक्ष धिरेन्द्र कुमार शाक्यको अध्यक्षताका भएको कार्यक्रममा बिभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । उपाध्यक्ष सुगन्ध कुमार श्रेष्ठको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिब सनत कुमार शर्माले गर्नुभएको थियो । यस सहकारीमा १६ सय बढी शेयर सदस्य रहेका छन् ।