सल्यानमा प्रादेशिक महोत्सव आज देखी शुरु हुदैँ, मुख्यमन्त्री शाहीले उद्घाटन गर्ने

सल्यान २९, माघ ।
सल्यानमा सञ्चालन हुन लागेको प्रादेशिक महोत्सव आज देखी शुरु हुदैँ छ । जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा आज देखी शुरु भएको महोत्सव फागुन ११ गते सम्म सञ्चालन हुने छ ।

सल्यान उद्योग बाणिज्य संघ सल्यानले आयोजना गरेको महोत्सवको आज दिउसोँ २ बजे कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उद्घाटन गर्नु हुने छ ।

‘कृषि, पशु, वन, उद्योग, ब्यापार तथा पर्यटन बिकासको परिकल्पना’ ‘ब्यबसायीकरणद्धारा आर्थिक उन्नती गरी समृद्ध समाजको स्थापना’ भन्ने मुल नाराका साथ सञ्चालन हुने महोत्सवमा कृषिजन्य, बनजन्य, उद्योगजन्य बस्तुका साथै जिल्लामा भएका विभिन्न पर्यटकीय स्थलहरुको फोटो प्रर्दशनी, स्थानीय उत्पादनहरुको प्रदर्शनी तथा जिल्लाका परम्परागत तथा धार्मिक नृत्यहरु महोत्सवको मुख्य आकर्षणको रुपमा रहने छन् ।

महोत्सवमा २ सय बढी स्टलहरु रहने छन् । महोत्सवमा नायक निखिल उप्रेती, दिलिप राईमाझी, पशुपति शर्मा, कुलेन्द्र बिक, प्रकाश सपुत, केदार घिमिरे ‘माग्ने बुढा’, प्रिती आले, दुर्गेश थापा, शान्ति श्री परियार लगाएतका बिभिन्न कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सव प्रवेशको लागी रु. १ सय टिकट शुल्क निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस