सल्यानको बन्गाड कुपिण्डे नगरपालिकामा आज सार्वजनिक विदा

सल्यान १, फागुण ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले एक सचना जारी गर्दै कुपिण्डे ताल महोत्सवलाई सफल पार्नका लागि आज बिहीबार सार्वजनिक विदा दिएको हो । नेपाल भ्रमण बर्ष लक्षित महोत्सवलाई सफल पार्न नगरभित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालयहरु बन्द रहने भएका हन् ।


नगर विभिन्न ताल, गुफा, मठमन्दिर र साँस्कृतिक धरोहरको प्रचारप्रसार र भ्रमण वर्ष २०२० लाई सफल पार्न कार्यक्रम आयोजना गरिएको हो । कुपिण्डे ताल महोत्सवको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीले उद्घाटन गर्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित