सल्यान १, फागुन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश सह इन्चार्ज प्रकाश ज्वालाले युगको आबश्यकता र जनताको माग अनुसार दुई पार्टी एक भएको बताउनुभएको छ । कम्युनिष्ट आन्दोलनलाई सस्थागत गर्नको लागि तत्कालीन एमाले र माओवादी एक भएको उहाँले बताउनु भएको हो । २५ औं महान जनयुद्ध तथा जनआन्दोलनका सहिद स्मृति दिवस २०७६ को अबशरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सल्यानद्वारा बिहिवार खलंगा स्थित पार्टी कार्यालयमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
‘पार्टी एकताको बाँकी काम टुंग्याउनको लागि काम भैरहेको छ, आगामी चैत सम्म पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने गरि तयारी थालिएको छ’ उहाँले भन्नुभयो । उहाँले मन मिल्ने, बिचार मिल्ने दवै पार्टी एक भएको बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला इन्चार्ज टेक बहादुर बस्नेतले विविध कारणले देशमा दुई तिहाईको सरकार हुदा पनि सोचे जस्तो काम हुन नसकेको बताउनुभयो । देशमा दुई तिहाईको सरकार भएपनी राज्यसत्ता कम्युनिष्टको नहुदा सोचे अनुसारको काम गर्न नसकिएको बताउनुभयो । २०५२ साल देखि शुरु भएको जनयुद्धले देशमा विभिन्न परिबर्तन गर्न सफल भएको उहाँको भनाइ छ । देशको लागि रगतको बलिदान दिने सहितको सपनालाई साकार पारेर अगाडि बढ्ने उहाको भनाई छ ।
यस्तै प्रदेश कमिटीका सदस्य भिम बहादुर सेनले जनयुद्धबाट प्राप्त उपलब्धिको संस्थागत गर्नु पर्नेमा जोड दिनुभयो । जिल्ला अध्यक्ष गोबिन्द कुमार पुनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिब कर्ण बहादुर बुढाथोकीले गर्नु भएको थियो । सो अबशरमा नेपाली काँग्रेस पार्टी परित्याग गरेर शारदा नगरपालिका १५ का सन्दिप वलीले नेकपामा प्रवेश गर्नु भएको छ ।