सल्यान २, फागुन ।
सल्यानको बरलामा उद्यम बिकास तालिम शुरु भएको छ । साना किसान बिकास लघुबित्तिय संस्था लिमिटेड सुर्खेतको आयोजनामा बिहीबार देखी शुरु भएको तालिम सोमबार सम्म सञ्चालन हुने छ ।
तालिममा सल्यान जिल्लाका १० वटा साना किसान सहकारी संस्थाका ३० जना सदस्यको सहभागिता रहेको छ । प्रगतिशिल साना किसान सहकारी संस्थाका अध्यक्ष धर्म बहादुर थापाको अध्यक्षता एवम् शारदा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भिकराज बुढाथोकीको प्रमुख आतिथ्यता तालिम उट्घाटन गरिएको हो । सो अबशरमा बोल्दै वडाअध्यक्ष बुढाथोकीले तालिमा सिकेको कुराहरु ब्यबहारमा लागु गर्दै ब्यबहार परिर्वतन गर्न सझाव दिनुुभयोे ।
तालिममा ब्यबहार परिवर्तन, उद्यमी कृषक आत्मनिर्भर सम्बन्धि कुराहरु सिकाईने जित प्रसाद आचार्यले जानकारी दिनुभयो ।