सल्यानको च्युरामा बिब्यस निर्वाचनः नेकपाको सर्मथनमा बिष्ट सहितको प्यानल विजयी

दुर्गा बिसी,
सल्यान ३, फागुन ।
बिद्यालय सरस्वतीको मन्दिर हो । जहाँ बिद्यार्थीहरु शिक्षा आर्जन गर्न र आफ्नो भबिष्य निर्माणको लागी बिद्यालयमा अध्ययन गर्न आउँछन् । तर पछिल्लो समय बिद्यालयमा नै राजनितिकरण हुन थालेको छ । बिद्यालयमा बिद्यालय ब्यबस्थापन समिती गठन देखी लिएर अन्य कामहरुमा पनि अभिभावकहरु प्यानल नै बनाएर निर्वाचनमा होमिन्छन् । यसमा बिभिन्न पार्टीहरुले सर्मथन जनाउँछन् ।

यस्तै भएको छ, सल्यानको शंखपिपल च्यूरामा रहेको त्रिभुवन जनता माद्यामिक बिद्यालयमा । यस बिद्यालयमा बिद्यालय ब्यबस्थापन समिती गठनमा अभिभावकहरुका बीचमा सहमती हुन नसकेपछि अभिभावकहरु नै प्यानल नै बनाएर निर्वाचनमा होमिएका हुन् । नेपाल कम्यूनिष्ट पार्टी नेकपा र नेपाली काँग्रेसको सर्मथनमा अभिभावकहरु निर्माणका जुटेका थिए ।


शुक्रबार भएको निर्वाचनमा नेकपाको समर्थन पाएको तजविर विष्टको प्यानल विजयी भएको छ । जस अनुसार विष्टले ३ सय ५३ मत प्राप्त गर्नुभएको छ भने तिलाराम वुढाले ३ सय ४४, निर्मला कुमारी वस्नेतले ३ सय ४६ र नन्दा रानाले ३ सय ५१ मत ल्याइ विजयी हुनुभएको छ ।

यस्तै नेपाली काँग्रेसको समर्थनमा निर्वाचनमा होमिएका डिल वहादुर रानाले २ सय ४८, तेजबहादुर रावतले २ सय ३५, लालमती वस्नेतले २ सय ३८ र विष्णी विष्टले २ सय ३६ मत प्राप्त गरी पराजित भएको निर्वाचन अधिकृत तथा नगर शिक्षा अधिकृत चक्रबहादुर रावतले जानकारी दिनुभएको छ ।

करिव हजार विद्यार्थी संख्या रहेको विद्यालयमा ७ सय वढी मतदाता अभिभावक रहेका थिए । कुल ६ सय १७ मत खसेकोमा १३ मत वदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस