अपरिचित व्यक्तिको वोतल प्रहारबाट सल्यानमा २ जना घाइते, नेपालगञ्जमा उपचार हुदैँ

दुर्गा बिसी,
सल्यान ३, फागुन ।
सल्यानमा अपरिचित ब्यक्तिको आक्रमणबाट २ जना घाईते भएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ च्युरा निवासी वर्ष २२ का अजय विष्ट र सोहि स्थानका वर्ष १९ का रोषण विष्ट घाइते भएका छन् । त्रिभुवन जनता माद्यामिक बिद्यालय शंखपिपल च्युराको विद्यालय व्यवस्थापन समिति चयन प्रक्रियाको मतगणना चलिरहेको अबस्थामा अपरिच व्यक्तिको वोतल प्रहारवाट उनीहरु घाईते भएका हुन् ।

उनीहरुको मुलखोला स्वास्थ्य चौकीमा समान्य उपचार पछि थप उपचारको लागि नेपालगञ्ज लगिएको छ । शुक्रबार वेलुका साँढे ७ वजेको समयमा शंखपिपल वजारमा दुवै जनालाई पछाडीबाट वेयरको वोतल प्रहार भएको थियो । टाउकोमा गम्भीर चोट लागेका दुवै विष्टलाइ उपचारको लागी नेपालगञ्ज लगिएको छ । घटनाका बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


यसैबिच नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का बनगाड कुपिण्डे नगर कमिटीले दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेको छ । एक प्रेस बिज्ञप्ती जारी गर्दै पार्टीले सुनियोजित तरिकाले नेपाली काँग्रेसका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथी आक्रमण गरेको भन्दै दोषीलाई हदैसम्मको कारबाहीको माग गरेको छ ।

यता नेपाली काँग्रेस बन्गाड कुपिण्डे नगर कार्य समितीले नेकपाका कार्यकर्ताका बिचमा हानमार भएको जनाउदैँ यस कार्यमा आफ्नो पार्टीको कुनै सहभागित नभएको जनाएको छ । एक बिज्ञप्ती जारी गर्दै पार्टीले घटनामा संलग्नलाई कडाकारबाही गर्नपनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस