सिम्तामा अन्तर विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप सञ्चालन

दुर्गा बिसी,
सल्यान ३, फागुन ।
सुर्खेतको सिम्ता गाउँपालिकामा बिद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको छ । शिक्षक महासंघको आयोजनामा हाजिरीजवाफ र बक्तृवकला प्रतियोगिता आयोजना गरिएको हो । विद्यालय तहकै विद्यार्थीको लागि वडास्तर हुदै गाउँपालिका स्तरमै हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरेको जनाएको छ ।

विभिन्न चरण अन्तर्गत आज अन्तिम दिन कक्षा ६ र ८ सम्म १५ विद्यालयहरुका विद्यार्थीहरुको हाजिरीजवाफ प्रतियोगिता र ९ र १० का लागि सम्वृद्ध सिम्ता सुखी सिम्ताली भन्ने विषयमा वक्तृवकला प्रतियोगिता सम्पन्न भएको छ । हाजिरीजवाफमा नेपाल राष्ट्रिय आधाभुत विद्यालय साहुखोला प्रथम, दोस्रोमा नेपाल राष्ट्रिय आधारभुत विद्यालय झ्याम र तेस्रोमा जनकल्याण मावि कापृचौर रहेको शिक्षक महासंघ सिम्ता सुर्खेतका अध्यक्ष टोपवहादुर खत्रीले वताउनु भएको छ । यस्तै वक्तृत्वकलामा प्रथम मावि वजेडा आलि कि सम्झना महतारा, दोस्रो सरस्वती मावि काँरा कि ममता खत्री र तेस्रोमा मावि वजेडा चौर की प्रवीणता शर्मा भएका छन् । प्रतियोगिता विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियोे ।


कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले शैक्षिक गुणस्तरको प्रमुख पोटो र महत्वपूर्ण कुरा अतिरिक्त क्रियाकलाप भएकोले सिम्ता गाउँपालिकाले विद्यार्थीको शिक्षाको सर्वाधिक विकासका लागि वजेट विनियोजन भइ कार्यन्वय भैरहेको जनाउनुभयो ।

कार्यक्रममा सिम्ता गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाही, शिक्षक महासंघ कर्णाली प्रदेशका नन्दराम गुरुङ, महासघ जिल्लाका मानवहादुर अधिकारी, शिक्षक महासघ गुर्भाकोटका अध्यक्ष कृष्ण प्रसाद अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठन गुर्भाकोट्का अध्यक्ष ललित आरसी, शिक्षा शाखा प्रमुख सुर्यवहादुर सिंह, समाजिक शाखा संयोजक टेकबहादुर विक, महिला तथा वालवालिका शाखा सिम्ता की सुनिता थापा, नेकपाका जिल्ला सदस्य ऐनवहादुर चन्द, नेपाली कांग्रेस पार्टी प्रतिनिधि चेतवहादुर रेग्मी र ९ वटै वडाका वडा अध्यक्षहरु लगाएतको उपस्थिति रहेको थियोे ।

सातौं स्थापना दिवसको अवसरमा शिक्षक महासघ सिम्ता सुर्खेतको आयोजना र शिक्षा शाखा तथा महिला वालवालिका शाखाको समन्वयमा भएको कार्यक्रमको सहजिकरण गगन सिंह ठकुरीले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित