सल्यानको तल्लो काभ्रा घटना : तालिम प्राप्त कुकुरद्धारा अनुसन्धान 

सल्यान ३, फागुन ।
सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर १ तल्लो काभ्रामा हत्या गरिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ । तल्लो काभ्रा निवासी अन्दाजी १६÷१७ बर्षिया कविता वोहोराको शव हत्या गरिएको अवस्थामा शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


घटनाको प्रकृति हेर्दा हत्या गरिएको जस्तो देखिएको सल्यान प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । “बिहान १÷२ बजेको घटना हुनसक्छ, ३ बजे मात्रै प्रहरीलाई खबर आएको थियो” उहाँले भन्नुभयो “घर देखी करिब १५÷२० मिटर टाढा गाईबस्तु बाँध्ने खुल्ला ठाँउमा उत्तानो परेको र घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो ।”

प्रहरीले घटनाका बिषयमा अनुसन्धान गर्न तालिम प्राप्त कुकुर सल्यानमा ल्याएको थियो । कुकुरको सहयोग पश्चात घटनाको बारेमा थप अनुसन्धान भइरहेको उहाँको भनाई छ । दिउसोँ साँढे ४ बजे तीर प्रहरीले आबश्यक प्रक्रिया पुरा गरेर शवलाई पोष्र्टमार्टमको लागी जिल्ला अस्पताल सल्यानमा ल्याईएको छ । घटनाको बिषयमा आबश्यक अनुसन्धान भैहरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस