नेकपा त्रिबेणी र छत्रेश्वरीको सपथ ग्रहण : काँग्रेस र राप्रपा छाडेर ४६ जना नेकपामा प्रवेश

सल्यान ४, फागुन ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सल्यानको त्रिबेणी गाउपालिका र छत्रेश्वरी गाउपालिकाको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । त्रिबेणीको लुहाममा र छत्रेश्वरीको भोटेचौरमा शनिवार सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

त्रिबेणीमा आयोजित कार्यक्रममा बोल्दै नेकपाका कर्णाली प्रदेश सहइन्चार्ज प्रकाश ज्वालाले पार्टी भित्र इमान्दारिकताका काम गर्न निर्देशन दिनुभयो । तत्कालिन एमाले र माओबादी मिलेर नेकपा बनेपछि एकताका केही कुराहरु टुंगो लगाउन समय लागेको बताउदैँ उहाँले वडा तथा टोल स्तरमा पनि पार्टी एकता कामहरु सम्पन्न गर्न उहाँले निर्देशन दिनुभएको हो । कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज टेक बहादुर बस्नेत, जिल्ला अध्यक्ष गोबिन्द पुन, प्रदेश कमिटी सदस्य उदय बोहरा लगाएतको उपस्थिती रहेको थियो ।


यस्तै छत्रेश्वरीमा आयोजित कार्यक्रममा नेकपाका जिल्ला सह इन्चार्ज गुलावजंग शाह, प्रदेश कमिटी सदस्य हरि केसी, पार्टी जिल्ला सचिब कर्ण बहादुर बुढाथोकी, लगाएतको उपस्थिती रहेको थियो । सपथ ग्रहण कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरेर ४६ जनाले नेकपामा प्रवेश गरेका छन् । नेपाली काँग्रेस र राप्रपा छोडेर उनीहरुले नेकपामा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस