शारदा नगरपालिका जिल्लाकै पहिलो बालविवाहमुक्त उन्मुख नगरपालिका घोषणा

सल्यान ४, फागुन ।
सल्यानको शारदा नगरपालिकालाई जिल्ला कै पहिलो बालविवाहमुक्त उन्मुख नगरपालिका घोषणा गरिएको छ । बालविवाह न्युनिकरणमा कमी आएपछि नगरपालिकालाई आईतबार जिल्लाको पहिलो बालविवाहमुक्त उन्मुख नगरपालिकाको रुपमा घोषणा गरिएको हो । समुदाय प्रहरी साझेदारी अन्र्तगत जिल्ला प्रहरी कार्यलय सल्यान र शारदा नगरपालिकाको सक्रियतामा सञ्चालन गरेको अभियानमा बालविवाहको अवस्थामा सुधार आए पछि नगरपालिकालाई बालविवाहमुक्त उन्मुख नगरपालिका घोषणा गरिएको शारदा नगरपालिकाले जनाएको छ ।

करिब ३४ हजार जनसंख्या भएको नरपालिकामा बालविवाह न्युनिकरणको अभियान चलाएपछि २० वर्षमुनिका कुनै पनि बालबालिकाको विवाह नभएको र अब उपरान्त यसलाई निरन्तरता दिने भनी प्रहरी, स्थानीयवासी, जनप्रतिनिधि र सरोकारवालाहरुले प्रतिबद्धता जनाएर यस नगरपालिकालाई बालविवाहमुक्त उन्मुख नगरपालिका घोषणा गरिएको नगरप्रमुख सुरेश अधिकारीले बताउनुभयो । अहिले बालविवाहमा केही सुधार आएपछि र २० वर्ष मुनिका कुनै पनि बालबालिकाको विवाह नभएकोले बालविवाहमुक्त उन्मुख नगरपालिका घोषणा गरिएको उहाँको भनाई छ ।


कार्यक्रममा पुर्वशिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाह, प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेल, त्रिबेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगी, छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसी, सल्यान प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडा, शारदा नगरपालीका वडा नम्बर २ का वडा अध्यक्ष केशब सिंङ श्रेष्ठ, नेकपा नगर कमिटी सचिब यौवन प्रकाश श्रेष्ठ, नेपाली काँगे्रसका पुर्वकेन्द्रिय सदस्य डिल्लीराज रेग्मी, गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य दिपेन्द्र प्रकाश डिसी, त्रिभुवन जनता माद्यामिक बिद्यालय लुहापिङका प्रधानाध्यापक माधब बिक्रम जिसी लगायतका बोल्नु भएको थियो ।

प्रहरीका अनसार यस आर्थिक बर्ष २०७६÷०७७ मा २ वटा मुद्धा दर्ता भएका छन भने ९ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । नगर उपप्रमुख साबित्रा बस्नेतको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन निमित्त प्रमुख प्रशासकिय अधिकृत लिलाधर बबालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित