सल्यानमा बनाउदैँ गरेको घर भत्किदा ८ जना घाईते, ५ जना गम्भिर

सल्यान ४, फागुन ।
सल्यानमा बनाउदै गरेको घर भत्किदा ८ जना घाईते भएका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ रामचनेमा बनाउदै गरेको घर भत्कदा ८ जना घाईते भएका छन् भने ५ जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।


आज दिउसोँ साढे ३ बजे तीर स्थानिय दिल बहादुर बिकको माटो ढुंगाको २ लते घर निर्माण गर्ने क्रममा भत्किदा ३१ बर्षिया भुमा बिक, २८ बर्षिया रिता बिक, ३२ बर्षिया रेवती बिक, ३५ बर्षिया कबिता बस्नेत र ७४ बर्षिय गोपाल खड्का गम्भिर घाईते भएका छन् ।

यस्तै ६३ बर्षिय चक्र बहादुर वली, १४ बर्षिय चिरन्जिवी वली र ५२ बर्षिय मोतिलाल बस्नेत सामान्य घाईते भएका छन् । गम्भिर घाईते ४ जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको छ भने बाँकी ४ जनाको स्थानिय मेडिकलमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस