ने.क.पा. बनगाड कुपिण्डे नगरकाे सपथ ग्रहण कार्यक्रम

दुर्गा विसि

सल्यानको पश्चिम स्थित बनगाड कुपिण्डे नगरपालिमा नेकपा नगर कमिटिका पदाधिकारीलाई जिल्ला पार्टिलेे  सपथ खुवाएको छ ।पार्टी एकता पश्चात् पार्टीका कामकाज करिव शुन्यान्तरण भए पछि कार्यकर्तामा केही निराशा छाएको थियो ।उक्त निराशालाई पार्टी एकताको सपथ ग्रहण समाहाराेले उत्साहित पारेको छ ।

सल्लिवजारकाे ग्रिन प्यालेस हाेटलमा विहानै देखि नेकपाका कार्यकर्ताहरु खचाखच भरिएका थिए ।७१ जनाले पार्टीको नीति विधि र अनुशासनलाई शिराेपर गर्ने गरि सपथ खाएका छन् । जिल्ला अध्यक्ष तथा जिल्ला संगठन विभाग प्रमुख गाेविन्द कुमार पुनले नगर कमिटि  पदाधिकारीहरुलाइ सपथ खुवाउनु भएको थियोे । सपथ ग्रहण समाराेहमा ने.क.पा.का दर्जन वढि जिल्ला कमिटी सदस्य, प्रदेश कमिटि सदस्य लाेकवहादुर डाँगी,कृतिवहादुर पुन,ने.क.पा. जिल्ला सचिव कर्णवहादुर वुढाथोकि,जिल्ला अध्यक्ष गाेविन्द कुमार पुन, कार्यक्रमका प्रमुख अतिथि जिल्ला इन्चार्ज तथा ने.क.पा. केन्द्रीय सदस्य टेकबहादुर वस्नेत र विशिष्ट अतिथि जिल्ला सह इन्चार्ज गुलाव जंग शाहले याे भावनात्मक एकता तथा सपथ ग्रहण कार्यक्रम नेता तथा नगर कमिटिलाइ प्रशिक्षणसँगै पार्टीको गतिविधि वढाउने कुरामा निर्देशन गर्नु भएको छ । पार्टीको गुट उप गुट र क्याम्प निर्माणकार्यमा पुरै निश्तेज लगाउन माग गरिएको छ ।मन माझिने गरि दुई पार्टीको एकता भए पछि अधिकास नेकपा कार्यकर्तामा खुसि छाएको छ । याे विशाल पार्टी यतिखेर केन्द्र देखि स्थानीय तह सम्मकाे सरकारमा रहेकोले अवकाे मुख्य काम भनेकाे जनताको जनजिविकाकाे सवालमा ध्यान दिन नेता तथा कार्यकर्ताले माग गरेका छन् । सर्वाहारा वर्गको जीवन स्तरमा ध्यानपुर्‍याउन समेत जाेडदिएको छ । बनगाड कुपिण्डे नेकपा नगर अध्यक्ष कीर्तिवहादुर रानाकाे अध्यक्षतामा भएको कार्यक्रमको  नगर सचिव गञ्जमान वुढाले सञ्चालन गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस