सल्यानको तल्लो काभ्रा घटना : हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै बिद्यार्थीद्धारा प्रर्दशन

सल्यान ५, फागुन ।
सल्यानको त्रिबेणी गाउपालिका १ तल्लो काभ्रा स्थित कविता बोहराको हत्यारालाई कारबाही गर्न माग गर्दै प्रर्दशन गरिएको छ । जिल्लाको त्रिबेणी गाउपालिका १ काभ्रामा रहेको जनता माद्यामिक बिद्यालयमा अध्ययनरत बिद्यार्थी तथा शिक्षकहरुले आज सोमबार प्रर्दशन गरेका हन् । काभ्रामा कक्षा ९ मा अध्ययनरत बोहराको गत शुक्रवार राती घाँटी रेटेर हत्या गरिएको अबस्थामा शव फेला परेको थियो ।

हत्यारालाई पक्राउ गरि कारबाही गर्न माग गर्दै उनीहरुले तल्लो काभ्रा तथा रामबजारमा ¥याली सहित प्रर्दशन गरेका हुन् । महिला हिंसा अन्त्य गर, हत्याराको खोजी गर, बालअधिकार सुनिश्चित गर, हत्यारालाई सार्वजनिक गर भन्ने नारा लगाउदैँ उनीहरुले ¥याली निकालेका थिए । प्रहरी प्रशासनलाई दवाव दिन ¥याली निकालेको बाल क्लवका अध्यक्ष हुकुम केसीले जानकारी दिनुभयो ।


यस्तै वडा कार्यालय र प्रहरी चौकीलाई पनि ज्ञापन पत्र बुझाईएको बिद्यालयका सहायक प्रधानाध्यापक कृष्ण बुढाथोकीले जानकारी दिनुभयो । घटनाका बिषयमा छिटो अनुसन्धान गरी हत्यारालाई कारबाही गर्न माग गर्दै ¥याली सहित ज्ञापन पत्र बुझाईएको उहाँको भनाई छ । प्रहरी प्रशासनले घटनामा संलग्नलाई पक्राउ गरेर तत्काल कारबाही नगरे गाउपालिका तथा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाउने देखी अन्य कार्यक्रमहरु सञ्चालन गर्ने बिद्यालयले जनाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय सल्यानले भने घटनाका बिषयमा अुनसन्धान भैरहेको जनाएको छ । प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडाले घटनाका बिषयमा अनुसन्धान भैरहेको र दावीलाई पक्राउ गरी कारबाही गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित